
राजेश सिंह
गाैशाला, मंसिर ४ गते ।
कप्तान पुजा महतोलाई महाेत्तरीकाे गाैशाला नगरपालिकाद्वारा नगद १ लाख ५१ हजार रकम सहित सम्मान गरेको छ । मंगलबार गाैशाला नगरपालिका अर्थात गृह नगरपालिकाले एक कार्यक्रमकाे आयोजना गरि कप्तान पुजा महतोलाई नगद १ लाख ५१ हजार रकम सहित सम्मान गरेको हाे ।

कार्यक्रममा बोल्दै कप्तान महतोले आफूलाई आफ्नै जन्म थलाे भएको नगरपालिकाले सम्मान गरेकोमा खुशी व्यक्त गर्दै नगरपालिका टिमलाई धन्यवाद दिइन् । साथै कप्तान महताेले म यसैगरी जितिरहु र तपाईहरुले स्वागत गरिरहनु र देशलाई विश्व सामु चिनाउने काम गरि रहने भन्दै कामना समेत उनले गरिन् । पुजाकै कप्तानीमा गत साता नेपाली यू-१९ महिला क्रिकेट टोलीले इतिहास रच्दै आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल भएको थियो ।










