https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, मंसिर ४ गते ।
जनता समाजबादी पार्टी नेपालको संगठन निर्माण अभियान“ कार्यक्रम भव्यताका साथ सम्पन्न भए संगै एमाले, लोसपा र माओवादीबाट पार्टी परित्याग गरी दर्जन भन्दा बढीले जसपा नेपालमा प्रवेश गरेको छ ।

महाेत्तरीको सम्सी गाउँपालिका वडा नम्बर १ पर्सा देवाडमा आयोजना गरीएको “जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान” कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हाे ।

संगठन निर्माण अभियान कार्यक्रमका प्रमुख अतिथि डा. सुरेन्द्र कुमार यादवले यो अभियान हरेक नेपाली जनतासंगै खास गरेर मधेशी जनताहरुको भविष्यका लागि महत्वपूर्ण रहेको भन्दै जनतासँगको सीधा संलग्नता आवश्यक रहेको बताएका हुन् । उहाँले “यस अभियानले जसपा नेपालको पहुँचलाई हरेक टोल र गाउँसम्म पुर्याउने काम गर्ने बताँउदै पार्टीलाई जनतासँग नजिकबाट काम गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे ।

त्यस्तै ”सांसद एवम मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले कार्यक्रामलाई सम्बोधन गर्दै स्थानीय स्तरमा पार्टीको प्रभावलाई मजबु बनाउन र कार्यकर्तालाई सक्रिय राख्नका लागि यो अभियान महत्वपूर्ण रहेको बताएका हुन् । उहाँले जनतासँगको निकटता र संगठन बिस्तार भए मात्र पार्टी थप बलियो हुने सुझाब दिएका हुन् । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा पार्टीको आधारभूत संरचना सुदृढ पार्नु हो । यसका लागि चार महिनाको अवधिमा “जनतासँग जसपा नेपाल” भन्ने नारा सहित विभिन्न स्थानीय गतिविधिहरू आयोजना गरिरहेको छ ।

पार्टी प्रवेश गर्नेहरुमा श्याम यादव, गिरिजा महताे, शिवजी शाह, मुन्नी महताे, कामेश्वर पाण्डे, चंदर ठाकुर, छेदि महरा, लक्ष्मण महताे, रामचन्द्र यादव, रामउदय महताे, देव शरन महरा, जय किसाेर महताे, किसन सदा र नवल मण्डल लगायत विभिन्न पार्टी परित्याग गरि पार्टी प्रवेश गरेको हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार