
राजेश सिंह
गाैशाला, मंसिर ५ गते ।
महाेत्तरीकाे रामगोपालपुर नगरपालिका ९ स्थित जानकी एकेडेमिक हस्पिटल, पर्सा देवाडद्वारा कप्तान पुजा महतोलाई ११ हजार नगद सहित सम्मान गरेको छ । महोत्तरी कै गाैशाला नगरपालिका ११ निवासी नेपाल महिला क्रिकेट यू १९ टिमकी कप्तान पूजा महतोलाई गृहनगर गौशालामा ११ हजार नगद सहित सम्मान गरिएकाे हाे ।
नोभेम्बर ४ देखि १३, २०२४ सम्म युएईमा संचालन भएको ICC U 19 Womens T -20 world Cup Asia Qualifier क्रिकेट प्रतियोगितामा Under १९ राष्ट्रिय महिला क्रिकेट टोलीलाई प्रथम स्थान हासिल गराउन सफल भएका पुजा महतोलाई नगद सहित मायाकाे चिनाे र गमछाले सम्मान गरेकाे हस्पिटलको प्रशासन प्रमुख संजयले जनाएकाे छ ।
नगद र सम्मानसंगै पुजा महताेकाे स परिवारलाई यस जानकी एकेडेमीक हस्पिटल प्रा.लि.मा उपचार गराउँदा औषधीमा १० प्रतिशत, सिटिस्केनमा १० प्रतिशत र अन्य लागने शुल्कमा ५० प्रतिशत छुटमा समेत उपचार गरिने हस्पिटलको प्रशासन प्रमुख संजय जनाएकाे छ ।
हस्पिटलबाट गएका डा. मनिष ठाकुर, कमलेश यादव, संजय कुमार यादव लगायत नागरिक समाज, बुद्धिजीवी, शिक्षाप्रेमी लगायत सर्वसाधारण सहितको उपस्थितमा पुजा महताेकाे घरमै पुगेर नगद सहित समान गर्दा आफुलाइ खुसि लागेकाे प्रमुख संजय कुमार यादवले बताएका छन । नेपालको नाम क्रिकेटको माध्यमले चिनाएको भन्दै यादवले प्रसंसा समेत व्यक्त गरे ।










