https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता 
बिरगंज, मंसिर ५ गते ।
प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय वीरगंजले पाँच वर्षमुनिका बालबालिकाको लागि यहि मंसिर ६ गते बिहिवारका दिन स्वर्ण विन्दु खुवाउने कार्यक्रम राखेको जानकारी गराएको छ ।

हरेक महीना सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट बच्चाको प्रतिरक्षा प्रणाली बढाइने चिकित्सालयका प्रमुख डा शिवनारायण गुप्ताले बताए । उनले यस कार्यक्रमबाट बच्चाहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने बताए ।

बच्चाहरूको दिमागको विकास एक वर्षदेखि पाँच वर्षबीच सबभन्दा बढी हुने गरेको र स्वर्ण बिन्दु कार्यक्रमले उनीहरूको मानसिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेकोले आ-आफ्नो बालबालिका लाई स्वर्ण बिन्दु खुवाउन एकदम जरुरी रहेको छ ।

बच्चाहरूलाई निमोनिया, झाडापखाला तौल नबढ्नेजस्ता समस्याबाट बच्न र स्वर्ण बिन्दु खुवाई स्वस्थ्यता र आरोग्यता प्रदान गर्न आग्रह गरिएको छ ।

स्वर्ण बिन्दु २०८१ साल श्रावण २० भाद्र १५, असोज ११, कार्तिक ८, मंसिर ६, पौष ३, माघ २, फाल्गुन २६, चैत्र २४, २०८२ साल, बैशाख २१, जेष्ठ १८, असार ११ खुवाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट