https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महोत्तरी — मनोनयनको दिन मात्रै अस्पताल बाट घर फर्किएकी आईतीलाई यतिबेला जनता भेट्न भ्याईनभ्याइ छ । रामगोपालपुर-२ का अध्यक्ष मुकेश कुमार यादव (आईतीका श्रीमान) गत भाद्र ८ गते दुर्घटनामा परि मृत्यु भएपछि उनी श्रीमानको मृत्युको शोकमा थिईन् ।

छोराको मृत्युको शोकले कमजोर बन्दै गएकी आईतीकी सासु (मुकेशकी आमा) समुन्द्री देवीको कार्तिक २७ गते मृत्यु भएपछि थप शोकमा परि आईती अचेत अवस्थामा ढलिन् ।

स्थानीयका अनुसार गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका मुकेशले राम्रो काम गरेर जनताको मन समेत जितेका थिए । तर अचानक उनको मृत्यु भएपछि अहिले उम्मेदवारको रुपमा आईतीले खडा भएकी छन् ।

श्रीमानको मृत्यु दुर्घटनाबाट नभई हत्या भएको आईतीको आरोप छ । उनले न्यायका लागि सम्बन्धित ठाउँमा उजुरी समेत दिएकी छिन् । तर श्रीमानको मृत्युको शोकमा परेको तीन महिना नबित्दै आएको उपनिर्वाचनमा पार्टीले आईतीलाई अध्यक्षको टिकट दिएको छ ।

‘मैले श्रीमानको अधुरा काम पुरा गर्न उम्मेदवारी दिएको हुँ’ आईतीले भनिन्, ‘जनताले शक्ति दिनुभएको छ म उहाँहरुको विश्वास मर्न दिने छैन’ । वडामा आफ्नो श्रीमानले राम्रा काम गर्ने सोच सँगै सुरु गरेका अधुरा काम पुरा गर्नु आफ्नो पहिलो प्राथामिकता भएको उनले बताईन् ।

श्रीमान मुकेशको हत्या गरिएको दाबी गर्दै उनले आफूले न्यायका लागि लड्ने र वडाबासी जनतालाई पनि अन्यायमा पर्न नदिने बताईन् । उनले निर्वाचनमा होमीपछि २१ बुँदे घोषण पत्र समेत सार्वजनिक गरेकी छिन् ।

उनले भ्रष्टाचार, बेथिति अन्त्य गर्दै सुशासन समृद्धि,विकास र न्याय, शिक्षा स्वास्थ्य क्षेत्रमा सुधार गर्न पहल गर्ने महिलालाई संविधान प्रदत अधिकार दिलाउने जस्ता २१ बुँदालाई घोषणा पत्रमा समेटेकी छिन् ।

उनीसँगै रामगोपालपुर-२ को अध्यक्षका लागि अहिले मैदानमा २० जना उम्मेदवार छन् । ८ पार्टीका उम्मेदवार र १२ स्वतन्त्र उम्मेदवारमा उनी मात्रै महिला उम्मेदवार हुन् ।

माओवादी केन्द्रबाट आईती,नेपाली कांग्रेसबाट मोहम्मद जनिफ,जनता समाजवादी पार्टिबाट मोहम्मद नजामुदिन खान, नेकपा एमालेबाट सकिवुल खाँ, जनमत पार्टिबाट ललिन्द्र कुमार साह,राष्ट्रिय जनता पार्टी नेपालबाट राजेश कुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टिबाट मोहम्मद मनान खाँ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट खुरसैद खाँ र स्वतन्त्रहरुबाट अशोक कुमार यादव, गंगा प्रसाद यादव,धिरेन्द्र प्रसाद यादव,नजामुदिन खाँ,बिबलेन्द्र कुमार यादव,मुकेश्वर ठाकुर,मोहम्मद अरमान रजा खाँ,मोहम्मद ईमामुदिन खाँ,राकेश कुमार यादव,राजदेव यादव, राम औतार यादव र विजय कुमार सिंह उम्मेदवार छन् ।

महोत्तरीमा एउटै वडामा मात्रै उप निर्वाचन भईरहेकाले सबै पार्टीको ध्यान रामगोपालपुर-२ मै केन्द्रित छ । तर आईती भने जनताले नै निर्वाचनमा आउ भनेकाले आफू जित्ने दाबी गर्छिन् ।जनताको मनोभावना बुझेर आईतीलाई पार्टीले अघि बढाएको माओवादी केन्द्रका महोत्तरी इन्चार्ज राजु खड्काले बताए । अन्य पार्टीका उम्मेदवार पनि आफू जित्नेमा ढुक्क छन् । एमाले उम्मेदवार सकिवुल खाँले पार्टीले आफूलाई विश्वास गरेको र पार्टीलाई जनताले विश्वास गरिरहेको अवस्था उक्त वडामा रहेकाले निर्वाचन जित्ने दाबटी गरे ।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा महोत्तरीको रामगोपालपुर-२ मा १ मतदानस्थल र २ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालयमा मतदान स्थल राखिएको र अन्य तयरीका काम भईरहेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालले जानकारी दिए ।

१ हजार २ सय १ पुरुष र ९ सय ४० महिला गरि कुल २ हजार १ सय ४१ जना मतदाता उक्त वडामा रहेका जिल्ला निर्वाचन अधिकृत रन्जीता झाले जानकारी दिईन् । स्रोत : कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट