https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनुषा, मंसिर ६ गते ।
समुदायमा चेतनाको अभावको कारण बाल बिवाह र छोरी शिक्षामा ड्रप आउट हुने गरेको नगराईन नगरपालिकाको मेयर बिनय कुमार यादवले बताउनु भएको छ । नगराईन नगरपालिका वडा न. ४ फुलगामा बजारमा खुल्ला रुपमा आयोजित एक कार्यक्रममा वक्ताहरुले समाजलाई दोष लगाएका छन् ।

सेफ नेपालको आयोजना र नगराईन युवा संजालको सहकार्यमा युथ डिस्कोर्स सेरिज अन्तर्गत बाल बिवाह र छोरी शिक्षामा ड्रप आउट बिषयमा पाइनल डिस्कसन गरिएको छ । उक्त कार्यक्रमको अध्यक्षता नगराईन युवा संजालको अध्यक्ष अमृत राउतले गरेको थियो ।

मेयर यादवले भन्नु भन्नु भयो – समाजमा कसै को कुरा कसैले सुन्दैन, छोरा छोरी हरुले गल्ति गरेको बिषयमा आमा बुवालाई भने पछी बिश्वास नगर्ने, समस्या परेपछी गुहार गर्ने प्रवृति समाजमा हाबी छ । बाल बिवाह खास गरि दलित समुदायमा बढी हुने गरेको बताए । पालिकामा अल्पमत रहेकोले समाजलाई सुधार गर्ने नीति तथा कानुन हरु बनाउन नसकेको मेयर यादवले स्वीकार गर्नु भयो । अल्पमतमा परेको कारण नगर सभा पनि हुन् नसकेकोले पालिका को सबै कामकाज ठप्प रहेको बताउनु भएको छ ।

पालिकामा नीति छैन र केन्द्र सरकार को नीति लाई कार्यान्बयग गर्न खोजे पनि बिपक्षी पार्टीहरुले काम गर्न नदिएको वडा अधयक्ष राजकुमार ठाकुरले बताए ।

बाल बिवाह को कारण छोरीहरु बीच मै पढाई छोड्न बाध्य छन्।
सामाजिक कुरीति को कारण र छोरी हरु घरबाट भाग्ने गरेकोले पनि अभिभाबकहरुले बाल बिवाह गरि दिने गरेको दलित महिला वडा सदस्य तेतरी देवी महराले बताइन ।

भर्खरै शिक्षक पेशा बाट सेवाअवकाश पाएको छु । मेरो जिबन कालमा धेरै महिला हरुलाई पढ्नु पर्छ भनेको हो तर उहा हरु भन्नु हुन्थ्यो पढेर के गर्ने बल्कि गाइ वस्तु बाख्राले जीवन चलाउन सकिनछ । खास गरि डोम मुसहर समुदायमा छोरीलाई एक दमै कम पढाउने गरेको छ । सरकारको नीति छ तर ब्यबहारमा छैन के गर्ने । पछाडी परेको समुदायलाई बाध्यकारी ब्यबस्था लागु गराउनु पर्ने पुर्ब शिक्षिका उर्मिला बर्माले बताइन ।

समाजको धेरै मानिसहरुलाई भने – छोरीलाई पढाउनु पर्छ भनेको हो तर तत्कालको फाईदाको कारण छोरी हरुलाई नपढाउने र बाल बिवाह गरि पठाउने गरेको छ सामाजिक अगुवा राम जीवन साहले बताए ।

प्रहरिले नीति तथा कानुन पालन गर्ने हो तर सघ संस्थाहरुले पनि जनचेतना फैलाउने काम गर्नु पर्छ । बाल बिवाह भएको कुरामा प्रहरीले रोक्ने हो तर समाजले २० बर्ष भन्दा पहिले बिवाह गर्नु हुदैन प्रहरी सहायक निरीक्षक श्यामबाबु यादवले बताउनु भयो ।
समाजमा शिक्षा र सचेत नागरिकहरुको अभावको कारणले छोरीहरुले पढाई कै बिचमा शिक्षामा ड्रप आउट गरि घरको कामकाज मा लाग्ने र विवाहवारी गरि घर परिवार बसाउने गरेको छ । समाजको बिभिन्न सामाजिक मुल्य मान्यताको कारण पढाउनु भन्दा बिवाह गरि अभिभाबकहरुले जिम्मेबारी पुरा गर्ने गरेकोले छोरीहरु शिक्षाबाट ड्रप आउट हुने गरेको छ ।

द एसिया फाउनडेशनको मुख्य कार्यान्बयन संस्था रहेकोमा युएस आइडी नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सामाजिक परिवर्तनको लागि युवा परियोजनाले धनुषाको चार पालिकामा युवा संजाल गठन गरि युवा, महिला र सिमान्तकृत समुदायको लागि कार्य गरि रहेको छ ।

पाइनल डिस्कसनमा कार्यक्रम माथि प्रकाश तथा संस्था तथा परियोजना र अचारसंहिता को बारेमा सेफ नेपालको संयोजक तथा मानव अधिकारकर्मी बिनोद महराले गर्नु थियो भने कार्यक्रममा युवा संजाल तर्फ बाट श्याम नन्दन ठाकुरले संचालन प्रश्न गर्दै बक्ताहरु लाई सवाल जवाफ गरेका थिए भने सहभागीहरु मध्ये ५ जना ले बक्ताहरु लाई प्रश्न गरेका थिए र बक्ताहरुले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए । कार्यक्रमको शुरुवात सेफ नेपालको कार्यक्रम अधिकृत प्रतिभा झाले गरेका थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार