https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, मंसिर ७ गते ।
मधेस प्रदेशका भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले आफुले प्रदेश सभामा लगातार पोखरिया अस्पताल लाई प्रादेशिक अस्पताल बनाउन अवाज उठाउदै गर्दा हिजो केन्द्रिय मन्त्री परिषदले पोखरिया लाई प्रादेशिक अस्पताल बनाउन निर्णय गरेपछि खुशी व्यक्त गरेका छन ।

प्रहार डेलि संग कुराकानी गर्दै उनले आफू नेपाली कांग्रेस बाट प्रतिनिधित्व गर्दै तत्कालीन मधेस प्रदेशका स्वास्थ मन्त्री विरेन्द्र सिंह संग लगातर छलफल गरि नीति तथा कार्यक्रम र बजेटमा पनि कार्यनयनमा ल्याएको र स्वीकृतिका लागि पटक पटक नेपाली कांग्रेसका संघिय स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेल लाई आग्रह गर्दै आएको फलस्वरूप पोखरिया ५० शियाको प्रादेशिक अस्पताल हुने भएपछी पोखरिया नगरपालिका लगायत अन्य जोडिएका गाउँबासीको पक्षमा ऐतिहासिक निर्णय भएपछि सम्पुर्ण पर्सा वासीका लागि खुशिको क्षण भएको बताएका छन ।

त्यस्तै उनले केही दिन पहिला पोखरिया अस्पताल लाई प्रादेशिक अस्पताल बनाउन अनशनमा बसेकाहरु संग आफुले गरेको वाचा समेत पूरा गरेको बताए । यसको लागि आ-आफ्नो ठाउँबाट पहल गरेका राजनीति दलका नेता, सासंद तथा हरेक ब्यक्ति लाई उनले धन्यवाद समेत दिए ।

अहिले पोखरिया अस्पताल ५० शियाको बन्ने भएपछी स्थानीयहरु पनि हर्शित भएका छन । पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा चिनिदै आएको पोखरियामा १५ शैयाको बेड हुदा धेरै बिरामीहरु लाई वीरगन्ज आउनु पर्ने समस्या रहदै आएको थियो । अब ५० शैयाको अस्पताल बन्ने भएपछी टाडा जानू पर्ने समस्या हलहुने पोखरियाका एक स्थानीय वासीले बताए । हालसम्म उपयुक्त सेवाको अभावमा सामान्य झाडाबान्ता, ज्वरो र रुघाखोकी लाग्दासमेत वीरगन्ज पुग्नुपर्ने बिरामीहरूलाई नयाँ सेवा सुरु हुँदा गम्भिर प्रकृतिका उपचारका लागि समेत बाहिर जानुपर्ने अवस्था हट्ने सरोकारवालाको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार