https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, मंसिर ७ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत लाइन काटेर देशको अर्थतन्त्र चौपट बनाउन खोजेको आरोप लगाएका छन् । आज (शुक्रबार) एमालेले दरबार मार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले कूलमानले विद्युत महशुल उठाउने तर्फ कुनै चासो नदिएर उद्योगहरुको लाइन काट्दै हिँडेको आरोप लगाएका हुन् ।

‘बक्यौता नउठाउने, अनि विद्युतको लाइन काट्ने ? अहिले सरकारले भनिरहेको छ– बक्यौता उठाउ । विद्युत महशुल आयोगले जे भनिरहेको छ, त्यसअनुसार, टीओडी मिटर, दैनिक खपत गरेको विद्युतको मिटरमा आएको हुन्छ । त्यो मिटरको बिलअनुसार पैसा असुल गर, तुरुन्त असुल गर । लाल आयोग बन्यो, लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर । महशुल नउठाउने, अनि विद्युतको लाइन काटेर देशको अर्थतन्त्र, देशको उद्योगहरुलाई बन्द गरिदिने, मजदुरहरुलाई बेरोजगार बनाइदिने, निर्यात चौपट बनाइदिने, उत्पादन खत्तम बनाइदिने यस प्रकारका षड्यन्त्रहरु भइराखेको छ,’– प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार