
जनकपुरधाम, मंसिर ७ गते ।
जनता समाजवादी पार्टी, नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले श्री हनुमान आराधना मण्डल नेपाल का पाँचौ अन्तर्राष्ट्रिय महासम्मेलनको एक समारोहबीच समुदघाट्न गर्नुभयो ।
सो अवसरमा सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले सनातन धर्मको संरक्षणमा हनुमान आराधना मण्डल नेपाल ले देशमै महत्त्वपूर्ण भूमिका निर्वाह गरि रहेको कुरा बताउंनु भयो ।
उहाँले वालवालिकाहरु अशिक्षित भए सनातन धर्म संस्कृति पनि कमजोर हुने अवस्थामा पुगेका कारण बालबालिकाहरुलाई शिक्षित गर्न अभिभावकहरु सचेत हनुपर्ने कुरामा जोड दिनुभयो ।
हनुमान आराधना मण्डल नेपाल का संस्थापक अध्यक्ष शिवशंकर साहको अध्यक्ष्तामा सम्पन्न अन्तर्राष्ट्रिय महासम्मेलनमा वरिष्ठ उपाध्यक्ष शंकर पोख्रेल, रुद्राक्ष बाब, गौ संरक्षण मंच नेपालका अध्यक्ष जगदीश महासेठ, बलिप्रथा मुक्त अभियानी बिपती मानव, सीताराम धाम अभियानी दिनेश पुर्वे, हनुमान आराधना मण्डलका प्रदेश अध्यक्ष शंकर कुशवाहा सहित वक्ताहरूले सम्बोधन गरेका छन ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित हनुमान गढीमा आयोजित हनुमान आराधना मण्डल नेपालको पाँचौ अन्तर्राष्ट्रिय महासम्मेलनमा देशका विभिन्न जिल्लाका हनुमान आराधना मण्डलका संकिर्तन पदाधिकारी तथा सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको कुरा हनुमान आराधना मण्डल नेपालका केन्द्रीय सचिव तथा कार्यक्रम का उदघोषक अरुण कुमार यादवले जानकारी दिएका छन ।



