गाैशाला, मंसिर ७ गते ।
कप्तान पुजा महताेलाई गृह जिल्लाकाे सदरमुकाममा भव्य स्वागत तथा सम्मान गरेको छ । जिल्ला क्रिकेट संघ महाेत्तरीले आयोजना गरेको कार्यक्रममा कप्तान पुजा महताेलाई गृह जिल्लाकाे सदरमुकाम जलेश्वरमा भव्य स्वागत तथा सम्मान गरेको हाे ।
महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकार लाल बाबु कवारी अध्यक्षतामा सम्मान कार्यक्रम सफलता पुर्वक सु-सप्पन्न भयो । त्यसै गरी प्रमुख अतिथि जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, जलेश्वर नगरपालिकाका उप-प्रमुख ज्यु, मठिहानी नगरपालिका का उप-प्रमुख, जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष लव राजा सिंह, जलेश्वर नगरपालिकाका १२ वडा का वडा अध्यक्षहरु, विभिन्न संघ संस्था का प्रतिनिधि पत्रकारहरु, खेलाडीहरु र महोत्तरी जिल्ला वासीहरुको उपस्थिति रहयो ।
जिल्ला क्रीकेट संघ द्वारा महोत्तरी जिल्ला बाट प्रतिनिधित्व गर्दै हालै दुबईमा सम्पन्न भएको ICC U-19 World Cup Asia Qualifier मा नेपाल टिमको कप्तान पुजा महतोले दिएकी योगदान तथा सफलताको उच्च मूल्यांकन गर्दै सम्मान-पत्र प्रदान गर्दै आगामी क्रिकेट भविष्यका लागि उत्तरोत्तर प्रगतिको कामना गर्दै बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
उक्त कार्यक्रममा पुजा महतोलाई निम्न नगद पुरस्कार बाट सम्मानित गरियो । जसमा जिल्ला क्रीकेट संघ महोत्तरीले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित सम्मानपत्र त्यसैगरी जिल्ला प्रशासन कार्यालय महोत्तरीले ५१ हजार रुपैयाँ सहित सम्मान गरेका छन् ।
‘विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन तथा एशिया कप उचाल्ने अबको लक्ष हो,’ पूजाले बधाई दिन आउनेलाई जवाफ दिने गरेकी छन् । ‘अहिले हामीप्रति आम रुपमा दर्शाइएको सकारात्मक चासोले अब झन राम्रो गर्नुपर्ने दायित्वबोध भएको छ,’ पूजा भन्छिन,’सबैको प्रेम र हौसलाले उर्जा थपेको छ ।’
पूजा सहित नेपाली महिला क्रिकेट टोलीको सफलताले उनका बुबा रञ्जित महतो औधी खुसी छन् । ‘पूजा अब देशकी छोरी हुन्, उनले देशको नाम विश्वभर चिनाउने छिन,’ उनले भने ।
रञ्जितका तीन छोरी र एक छोरा सहित चार सन्तान हुन् । जेठी छोरी अञ्जुबाहेक सबै क्रिकेट खेलाडी हुन् । पूजाको सफलताले कान्छी छोरी आरती र छोरा कृष्ण पनि क्रिकेट खेलप्रति अझ उत्साहित भएका छन् ।