https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, मंसिर ८ गते ।
पर्साकाे बिरगञ्ज स्थित आदर्शनगर रंगशालामा सम्पन्न फाइनल कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताकोको फाइनल खेलमा अग्नि ग्रुप विजयी भएको छ । आज आदर्शनगर रंगशालामा भएको अंतिम तथा फाइन खेलमा अग्नि ग्रुप ले सिदार्थ बैक लाई हराउन सफल भएको थियो ।

अग्नि ग्रुपले टस जितेर पहिलो ब्याटिङ गर्दै ६ ओभरको समाप्ति ७१ रन बनाउन सफल भएको थियो । अग्नि का लागि बिक्रमले ३३ रन बि. मुकुन्दले ३१ रन बनाउन सफल भएका थिए । जवाफी ब्याटिङमा उत्रेको सिदार्थ बैकले ६ ओभरको समाप्तिमा जम्मा ५३ रन बनाएको थियो । सिदार्थ बैंकबाट सबभन्दा बढी रन सवेबले ३१ रन बनाएका थिए । खेलको म्यान अफ दी म्याच अग्नि ग्रुपका बिक्रम घोषित भएका छन ।

आज भएको समापन खेलका प्रमुख अतिथी मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवालले विजेता टिम र उप बिजेता टिमलाइ ट्राफि सहित मेडल प्रदान गरेका थिए । उहाँले मधेस सरकारले खेलकुद एन पारित गरेसंगै अब प्रदेशमा खेलकुद प्रती सरकारले काम गर्न पाउने भएको बताए । मधेस प्रदेशमा खेलकुदको उच्च सम्भावनालाई मध्य नजर गर्दै विभिन्न योजनाहरु ल्याउ खेलकुद मन्त्रालयले काम गरिरहेको बताए ।

नेपालमा जारी हुने क्रीकेट खेल नेपाल प्रेमियर लिग जस्तै मधेसमा पनि मधेस प्रेमियर लिग क्रीकेट टुर्नामेट गराउन आफ्नो योजना रहेको उहाँले बताए । त्यस्तै भर्खर सम्पन्न भएको महिला विश्वकप छनोट प्रतियोगितामा नेपाललाई विश्वकपमा पुर्याउन महत्त्वपूर्ण भुमिका खेलेका मधेसका तीन खेलाडीहरुलाई मधेस सरकारले खेलकुदबाट जनही १ लाख ५१ हजार नगद सहित सम्मान गरेकोले आउँने दिनमा पनि खेलाडीहरुको मनोबल बढाउन सम्मान तथा पुरस्कारहरु प्रदान गरि रहने बताए ।

वीरगन्ज लायन्स क्लबका जोन ३३ का तथा यस प्रतियोगिताका प्रमुख सन्दिप साहले आफू तथा आफ्नो सहयोगीहरुको मेहनतले यो प्रतियोगिता सम्पन्न गराउन सफल भएकोमा खुशी व्यक्त गरेका थिए । त्यस्तै उनले हामीले आयोजना गरेको टुर्नामेन्टको उदेश्य हार जित मात्र नभएर सम्बन्ध कायम गराउन, सद्भाव कायम गराउन, खेलकुद प्रती रुचि जगाउन, खेलकुद मार्फत एक अर्काको सम्मान जित्नका लागि आयोजना गरेको बताए ।

प्रतियोगितामा प्लेयर अफ दि सिरिज सिदार्थ बैंकका प्रफुल सिंह घोषित भएका थिए । त्यस्तै बेस्ट बोलर अग्नि ग्रुपका मुकुन्द भएका थिए । बेस्ट ब्याट म्यान बिक्रम बस्नेट भएका थिए ।

आज भएको समापन कार्यक्रम खेलमा बिशिस्ट अतिथी नेकपा एमालेका डा. बिस्वनाथ शर्मा, विजैया ओझैया, लायन्स क्लबका एरिया चिफ श्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता लायन्स क्लब अफ वीरगञ्ज परिवार एवम्  स्पोटर्स एकेडेको संयुक्त आयोजनामा सप्पन्न भएको वीरगन्ज स्पोर्ट्स एकडेमीका सचिव नरेस रौनियारले जानकारी गराएका थिए ।

प्रतियोगितामा बिरगञ्जको वाणिज्य बैंक, बिमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी रहको रहेका थिए । यस टुनामेन्टमा सलिको इन्स्योरेन्सले खेलाडीहरुलाई चोटपटक लागेमा १ लाख सम्मको उपचार बिमा गरेको थियो भने हेल्थ उपचारको लागि प्रमु हस्पिटलले सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट