
धनबिर महतो
गाैशाला, मंसिर ९ गते ।
सुशासनको सवालमा कुनै पनि हालतमा कसैसँग सम्झौता नगर्नेमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले प्रतिवद्धता जनाएका छन् । आईतबार दिउँसो महोत्तरीको गौशाला नगरपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमकाबिच प्रमुख जिल्ला अधिकारी कवारीले हरेकको साथ, सहयोग पाएपछि जिल्लाभरिका कार्यालयहरुमा सुशासन ल्याउनका निम्ति कानुनअनुसारको कारर्वाही गरि सुशासन ल्याउनेमा जोड दिएका छन् ।
उहाँले भने, सेवाग्राहीसँग घुस वा कमिसन मागेको खण्डमा २४ औं घण्टा जानकारी पाएको खण्डमा त्यस्तालाई कारर्वाही गरिनेछु । तपाईहरुले निर्धक्क भई फोन गरे म अवश्य नै त्यसलाई कार्वाहीको दायरामा ल्याउनेछु । आफु यस जिल्लाबासीको हैसियतले यहाँ सुशासन ल्याउने पक्षमा रहेको उनले धारणा राखेका छन् ।
प्रमुख जिल्ला अधिकारी कवारीले आजै ईलाका प्रशासन कार्यालय गौशालाको अनुगमन गर्दै जनमैत्री सुशासन स्थापना गर्नका निम्ति कर्मचारीहरुलाई निर्देशन दिएका थिए । उहाँले ई.का.प्र. कार्यालय गाैशालाकाे प्रमुख तेजनारायण झालाई निर्देशन दिदै भने, यस कार्यालयको सम्बन्धमा अनेकौ गुनासो आईरहेको छ । अरुमाथि अनुगमन गर्ने अधिकार प्राप्त संस्था ईलाका प्रशासन कार्यालय आफु जनमैत्री र नमुना हुने जस्तो कार्य गर्नुपर्ने आवश्यक छ । यसलाई मनन गर्दै कार्यसम्पादन गर्नुपर्ने धारणा प्रमुख जिल्ला अधिकारी कवारीले राखेका छन् ।
सो अनुगमनको टिममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नकुल पोखरेल, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक विनोद केसी लगायत रहेका थिए । सो अन्तरक्रिया कार्यक्रममा गौशाला नगरपालिकाका जनप्रतिनिधीहरुको सहभागी रहेको थियो ।