
गाेपाल झा
जलेश्वर, मंसिर ९ गते ।
महोत्तरीको एकडारा गाँउपालीकाको वडा नं.१ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ग्रामीण भेगका मानिसहरु आर्थिक अभाव र विभिन्न कारणबाट उपचारबाट बञ्चित हुनबाट रोक्न रोग पहिचान गरि समयमै उपचार भए स्वस्थ पालीका बन्ने उदेस्यले एकडारा गाँउपालीकाको वडा नम्बर-१ स्थित श्री माबिमा आईतबार एकडारा गाउँपालिका र जानकी मेडिकल कॉलेज शिक्षण अस्पताल रमदैया भवाडी ,धनुषाको संयुक्त सहकार्यमा एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ । शिविरमा बिशेषज्ञ सहित ३० जना चिकित्सकहरु खटिएका थिए । आईतबार सम्पन्न एक दिने निः शुल्क स्वास्थ्य शिविरमा एकडारा गाँउपालीकाको छ वटै वडाका चार सय भन्दा बढी बिरामीको चेक जाँच गरिएको थियो ।

मुटु, मिर्गौला, आँखा, नाक, कान, घाटी, छाला तथा यौन रोग, हाड जोर्नी , नशा, महिला तथा स्त्री विशेषज्ञ सेवा, बाल रोग, हृदय रोग र दाँत रोगको उपचार गरिएको थियो । मुटुको इसिजी, भिडियो एक्सरे, दिसा पिसाब खकार तथा रगत जाँच र औषधि निःशुल्क प्रदान गरेको जानकी मेडिकल कॉलेजका निर्देसक डा. राजिव झाले बताउनुभयो । यस पालिकामा संचालन गरीएको यस स्वास्थ्य शिबिरमा एकैपटक धेरै रोगको चेकजाँच र उपचार गरीएको र यसबाट धेरै बिरामी लाभान्वित भएका छन् । शिबिरमा महिला , बालबालीका र वृद्धहरु समेत उपचारका लागि आएका एकडारा गाँउपालीकाका स्वास्थ्य संयोयक महेन्द्र कुमार मण्डलले बताउनुभयो ।

शिबिरमा जटील रोग दमका २५ जना हाईब्लडप्रेसरका १५ जना चिनि रोगका २० जना र मुटु रोगका आठ जना गरी करीब अस्सी जना बिरामीहरुलाई थप उपचार र अप्रेसन गर्नुपर्ने भएकोले त्यस्ता बिरामीहरुलाई यातायातको सुबिधा सहीत बिशेष सहुलियतमा शिक्षण अस्पताल रमदैया लगी उपचार गर्ने बताइएको छ । शिविर सञ्चालन हुनुपूर्व सञ्चालित औपचारिक कार्यक्रममा बोल्दै एकडारा गाँउपालीकाका अध्यष दिपनारायन मण्डलले बालबालिका बृद्ध र महिलाहरु स्वस्थ भएमा मात्र उनीहरुको भविष्य उज्जवल हुने सम्भावना रहेकोले बेलाबेलामा बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गर्दे आई रहेको धारना राख्नुभयो ।
कार्यक्रममा उपस्थित चिकित्सक, स्वास्थ्य शिविरमा खटने स्वयंसेवक, आयोजक र स्वास्थ्य परीक्षनका लागि आएका बालबालिका र स्थानीहरुलाई स्वागत गर्दै अध्यक्ष मण्डलले खास गरी बालबालिकाको विकासमा सबैको प्रयास भए मात्र उनीहरुको समग्र विकासको परिकल्पना वास्तविकतामा परिणत गर्न सकिने बताउनुभयो । कलेजले हरेक वर्ष एक सयभन्दा बढी स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । महोत्तरी धनुषा र सिरहा जिल्लाको बिभिन्न स्थानीय तह संग समन्वय गरी दोश्रो हप्तापिच्छे शिविर संचलन गर्दै आई रहेका छन् ।