https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, मंसिर १० गते ।
महोत्तरीको जलेश्वरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको प्रारम्भ स्वरूप प्रभात फेरि गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको प्रारम्भस्वरूप लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको प्रारम्भस्वरूप आज महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रभात फेरि कार्यक्रम सम्पन्न भएको हाे ।

जलेश्वर नगरपालिकाको कार्यालय अगाडि देखि सुरु भएको यो कार्यक्रम जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा विभिन्न संघ-संस्थाको समन्वयमा आयोजित थियो । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारिको नेतृत्वमा निकालिएको र्‍यालीमा सशस्त्र प्रहरीका निरीक्षक विनोद केसी, नेपाल प्रहरीका उपरीक्षक संतुलाल जैसवार, अनुसंधानका एसपी सुदीप अधिकारी तथा आफन्त नेपाल, ओरेक नेपाल, मानव अधिकारकर्मी र समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

र्‍यालीले नगर परिक्रमा गर्दै महेन्द्र चोकमा कोण सभामा परिणत गरेको थियो । कोण सभामा लैङ्गिक विभेदमा शून्य सहनशीलता र सुरक्षित समाज निर्माणका लागि एक्यवद्धताको सन्देश प्रवाह गरिएको थियो ।

मंसिर १० देखि मंसिर २५ सम्म सञ्चालन हुने अभियान अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी आयोजकले दिएका छन् । लैङ्गिक हिंसामुक्त समाज निर्माण गर्नका लागि सबै तह र तप्काको सहभागिता अनिवार्य रहेको भन्दै सबैलाई अभियानमा एकजुट हुन आह्वान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट