
गाैशाला, मंसिर १० गते ।
जनता समाजवादी पार्टी, नेपालका नेता एवं महाेत्तरी क्षेत्र नं. ख का सांसद सराेज सिंह कुशवाहाले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने प्रयास गर्ने तर्फ लगिरहेकाे बताउनु भयाे ।
जसपा नेपालकाे उप चुनावमा रामगाेपालपुर नगरपालिका २ स्थित टेंगरमा आयोजित जनतासंग भेटघाट कार्यक्रममा सांसद कुशवाहाले मधेश आन्दोलनले स्थापित गराएको अधिकारहरुलाई समाप्त पार्ने षड्यन्त्र गरिए जसपाले आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका हुन ।
जसपा नेपालले गरेकाे आन्दोलनले बिभेदमा परेका समुदाय बर्गको पहुँच शासन सत्तामा पुगेको उल्लेख गर्दै सांसद कुशवाहाले शासन सत्तामा उपेक्षित बर्गको पहुँच ठुला दलहरूले पचाउन नसकेर षडयन्त्र गर्न थालेको आरोप लगाए । उहाले कांग्रेस र कम्युनिष्ट मिलेरै देशलाई खोक्रो बनाएको आरोप लगाए ।
बहुदलीय व्यवस्था आएको ३०/३५ वर्षभन्दा बढी समय कांग्रेस र कम्युनिष्ट मिलेर देश चलाएको उल्लेख गर्दै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा कांग्रेस र कम्युनिष्ट नै दोषी रहेको बताए । यो अवधिमा देशको शैक्षिकस्तर, कृषिको अवस्था तथा औद्योगिकीकरण लगायतका सबै क्षेत्र ध्वस्त हुँदै जाँदा देश नै खोक्रो भएको उनको भनाइ छ ।
उनले भने, ‘कांग्रेस तथा कम्युनिष्टहरुको शासनकालमा देशमा शिक्षा बर्बाद भएको छ, किसानहरु कृषि पेशाबाट पलायन भएर वैदेशिक रोजगारमा जान बाध्य भएका छन्, लाखौँ नेपाली नागरिकलाई रोजगारी दिएको उद्योग कलकारखाना ध्वस्त भएका छन् । अहिले पनि दलित समुदायको साथमा न्याय भएको छैन । अहिले पनि दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, थारु समुदायलाई यथोचित न्याय हुन सकेको छैन । अहिले पनि यो वर्ग राज्यबाट अपहेलित र अपमानित छ ।