https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, मंसिर १२ गते ।
कांग्रेस-कम्युनिस्टको कारण देशको अर्थतन्त्र कमजोर भएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष नेता उपेन्द्र यादवले कांग्रेस- कम्युनिस्टको ३५ वर्षको शासनकालमा देशको शिक्षा, स्वास्थ्य, कृषि र उधोग, कलकारखाना धाराशाहीको भएको कुरा बताउंनु भयो ।

धनुषाधाम नगरपालिका को वडा नं. १ मुंगराहा गाउँमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्नेक्रममा प्रमुख अतिथि मधेश आन्दोलनका जनक यादवले पहिचान बिरोधि कांग्रेस-कम्युनिस्ट पार्टीकै कारणले देशको अर्थतन्त्र कमजोर भएको आरोप समेत लगाए ।

उहाँले मधेशीको पहिचान ,अधिकार र स्वभिमान रक्षणका लागि छाता छापमा मतदान गर्न सबै संग आग्रह गरेका छन । रिक्त रहेको धनुषाधाम नगरपालिका वडा नं १ वडा अध्यक्ष पद का लागि मंसिर १६ गते हुने चुनावी कोण सभालाई जसपा नेपालका उपमहा सचिव तथा संघीय सांसद दीपक कार्की, प्रदेश सांसद रामअशिष यादव, प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादव, प्रदेश सदस्य अम्बिका विश्वकर्मा, जसपा नेपाल वडा अध्यक्ष पदका उम्मेदवार अजय यादव “मोहन” सहित का वक्ताहरूले सम्बोधन गरेकोे कुरा युवा नेता मदन साह ले जानकारी दिएका छन ।

कार्यक्रममा केन्द्रीय सदस्य द्वय अरुण सिंह मण्डल, चन्देश्वर सदा, जिल्ला अध्यक्ष पशुपति यादव, नेता बिमल साह, सुकेश्वर यादव र नगर अध्यक्ष विनोद यादव सहित स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थित रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट