गाैशाला, मंसिर १३ गते ।
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. २ मा जसपा नेपालकाे उमेदवार माे. नजामुदिन खानकाे जित सुनिश्चित देखिएको छ । वडा २ हुन लागेकाे उप-निर्वाचनमा जनता समाजवादी पार्टी नेपालकाे तर्फबाट उम्मेदवारी दिएका माे. नजामुदिन खानकाे जित सुनिश्चित देखिएको स्थानीयहरु बताउँछन् ।
यहि मंसिर १६ गते हुन गइरहेको उप-निर्वाचनमा जसपा नेपालकाे तर्फबाट उम्मेदवारी दिएका सुयाेग्य, इमानदार एवं कर्मठ, शिक्षा प्रेमी, समाजसेवी तथा विकास प्रेमी युवा उम्मेदवार मो. नजामुदिन खानकाे जित सुनिश्चित देखिएको शम्भु कुमार यादवले बताए । युवा र शिक्षित उम्मेदवारले समाज तथा विभिन्न समुदायका लागि आवश्यक काम गर्न सक्ने भन्दै स्थानीयहरुले आफ्नो मत निजामुदिनलाई नै दिने बताए ।
उम्मेदवार निजामुदिन खानले आफुले जेष्ठ नागरिकले पाइरहेका वृद्धभत्ता लिन भइरहेको कठिनाईलाई व्यवस्थापन गर्ने, मदरसा व्यवस्थापन गर्ने, गरिब तथा अति विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउने, स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने, सामुदायिक विधालयमा भइरहेको व्यतिथीलाई सुधार गर्ने लगायत समग्र वडाका विकासका लागि अग्रसर रहेने, युवाहरुलाई रोजगारकाे व्यवस्थापन गर्ने, कृषि, सिचाइ लगायतका बढी भन्दा बढी कार्य गर्ने भन्ने उद्देश्यका साथ आफुले उम्मेदवारी दिएकाे बताए ।