जनकपुरधाम, मंसिर १३ गते ।
लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत हामी सबै को प्रतिबद्धता, लैङ्गकि हिंसा अन्तका लागि एकबद्धता सम्बन्धि छलफल तथा अन्तक्रिर्या कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले बढ्दो लैङ्गकि हिंसा प्रति चिन्ता व्यक्त गरेका छन ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशले आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा सहभागी वक्ताहरूले मधेश प्रदेश बढ्दो घरेलु महिला हिंसा, बालविवाह, बहु विवाह, बलात्कार जस्ता विकृत हिंसा लाई अन्त गर्न सामुहिक प्रतिबद्धता का साथै सरोकारवाला निकायले गम्भीरतापूर्वक लाग्नुपर्ने आजको आवश्यकता रहेको कुरा मा जोड दिएका छन ।
मधेश प्रदेशका सचिव चुडामणिा फुयालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गृह, कानुन तथा संचार मन्त्री राजकुमार लेखी, प्रदेश सांसद रामअशिष यादव, पुर्व राज्य मंन्त्री शारद थापा सहितका वक्ताहरूले सम्बोधन गरेका छन । सो कार्यक्रममा युएनएफपिएका प्रतिनिधि समिर घिमिरे र प्रहरी निरिक्षक विक्रम साहले लैङ्गकि हिंसाकाे अवस्थामा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका छन ।