लालबन्दी – सर्लाहीको लालबन्दीबाट ट्याक्टर र चालकसहित प्रहरीले सालको काठबाट बनेको केही थान झ्यालढोका नियन्त्रणमा लिएको छ।
आज बिहान सवा ११ बजे लालबन्दी नगर???ालिका ११ हीरापुरबाट प्रदेश २-०३-००१ त १५०७ नम्बरको टेलारी सहितको ट्याक्टर र त्यसका चालक मरिण गाउँपालिका – ४ जुटपानीका २३ वर्षीय सविन बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको हो।
प्रहरी चौकी पत्थरकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा सिन्धुली जिल्लाको मरिन गाउँपालिका वडा न-४ बाट लालबन्दी आउँदै गरेको ट्याक्टर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको ट्याक्टर र २३ थान सालको काठबाट बनेको झ्यालढोका गरी ६ लाख ७४ हजार ८०० राजश्व मूल्यांकन गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सर्लाही पठाइएको लालबन्दी प्रहरीले जनाएको छ।