
जनकपुरधाम, मंसिर १४ गते ।
मानव जीवनको प्रमुख आधार स्तम्भ रहेको शिक्षालाई सुधार गर्न उदेश्यले संचालित स्वस्थ विद्यालय “हेल्दी स्कुल” कार्यक्रम ग्रामिण भेगमा प्रभावकारी बन्दै गएको छ ।
मधेश प्रदेशका प्रदेश सांसद यादवको परिकल्पनामा थालिएको स्वस्थ विधालय “हेल्दी स्कुल”कार्यक्रम अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १७ तेतरिया गाउँमा स्थापित श्री आधारभूत विधालय तेतरियामा अध्ययनरत सम्पूर्ण वालवालिकाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरि आवश्यक ओैषधि पनि उपलब्ध गरिएको छ ।

प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थितिमा सम्पन्न भएको “हेल्दी स्कुल” कार्यक्रममा हेल्दी स्कुल कार्यक्रमका संयोजक डा निरन्जन कुमार गोईत,डा बैधनाथ यादव,डा संजिव यादव,डा कृष्ण पाल महतो र डा बुधराम यादव सहितका चिकित्सकहरुले वालवालिकाहरुलाई स्वास्थ्य परिक्षण गरेको कुरा प्राधानाध्यपक राम सुन्दर कामतिले जानकारी दिएका छन।
स्वास्थ्य जांचको क्रममा केहि वालवालिकाहरुको दांत,आँखा र कानमा सामान्य समस्या देखिएको कुरा स्वस्थ विधालय “हेल्दी स्कुल” कार्यक्रमका संयोजक डा निरन्जन कुमार गोईतले जानकारी दिएका छन ।

देश र प्रदेशको कर्णधार वालवालिकाहरुलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ पार्न तथा सामुदायिक विधालयको शैक्षिक अवस्थामा सुधारका साथै विद्यालयको भौतिक पुर्वाधार विकास,शिक्षक प्रोत्साहन,प्रशिक्षण तथा वालवालिकाहरुलाई प्रविधि मैत्री अध्ययन गराउन उदेश्यले सामुदायिक विधालयहरुमा “हेल्दी स्कुल” स्वस्थ विधालय कार्यक्रम थालिएको कुरा हेल्दी स्कुल कार्यक्रमका संयोजक डा निरन्जन गोईतले जानकारी दिएका छन ।




