https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनुषा, मंसिर १४ गते ।
सबैला नगरपालिका वडा नं. १३ ढोलबजास्थित दलित बस्तीमा जातीय भेदभाव तथा छुवाछूत विरुद्ध संवाद कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम द एसिया फाउन्डेशनको मुख्य कार्यान्वयन संस्था र युएसएआईडी नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गतको “सामाजिक परिवर्तनका लागि युवा परियोजना”द्वारा आयोजित थियो ।

कार्यक्रमको अध्यक्षता सबैला युवा संजालका अध्यक्ष प्रमोद शर्माले गर्नुभएको थियो भने प्रमुख अतिथि वडा नं. १३ का अध्यक्ष देवनारायण महतो रहनुभएको थियो। सेफ नेपालका संयोजक तथा मानव अधिकारकर्मी बिनोद महराले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उपस्थिति थियो । सहभागीमध्ये पत्रकार मनोज पासवान, सेफ नेपालकी कार्यक्रम अधिकृत प्रतिभा झा, वडा न:-१३का वडासद्स्यहरु युवा संजालका सदस्य सर्वजित यादव, र समाजसेवीहरू बिनोद पाल, बृकेश शर्मा, नथुनी मुखिया, सुरेन्द्र यादव, रविन्द्र यादव, लक्ष्मण यादव, कोशल यादव र सदा समुदायका माइजन, बेचन सदा लगायत स्थानीय गाउँवासीहरू ८०-९० जनाको उल्लेखनीय सहभागिता थियो ।

वडा अध्यक्ष देवनारायण महतोले जातीय विभेद अन्त्यका लागि जनस्तरमा निरन्तर संवाद र सहकार्यको आवश्यकता रहेको बाताउनुभयो ।

कार्यक्रमका मुख्य उद्देश्य जातीय भेदभाव र छुवाछूत विरुद्ध जनचेतना फैलाउनु, महिला, युवा र सिमान्तकृत समुदायलाई सामाजिक परिवर्तनका अभियन्ता बनाउन उत्प्रेरित गर्नु र सामाजिक समानता र न्यायका लागि आवाज उठाउनु पर्ने र कार्यक्रमले स्थानीय स्तरमा सामाजिक समानताको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट