https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, मंसिर १४ गते ।
नेपालमा प्रजातन्त्र आएपछि विभिन्न राजनीतिक दलले भागबण्डा गरेर कम योग्य व्यक्तिलाई मनोनीत गरिने गरिएको छ। कतिपय आयोगमा राजनीतिक दलको भागवण्डामा कुरा नमिलेर लामो समयसम्म पद रिक्त रहन्छ । त्यस्ता आयोगले आफ्नो काम राम्रोसँग गर्न सक्ने कुरै भएन।त्यस्तै अहिले वीरगन्जको यातायात ब्यवस्था कार्यलयमा कम्प्युटर अपरेटर पदमा काम गर्दै आएका शेष रजाउल हक मधेस प्रदेश सरकारको रबैयाले तनावमा परेका छन ।

कम्प्युटर अपरेटरको छैटौं पदमा कार्यरत रहेका हक मधेस सरकारका तत्कालीन मन्त्रीले ३ महिनाको लागि उनलाइ वीरगन्ज स्थित काजमा पठाएको तर ३ महिना बिते पनि सरकार ले अरु कुनै ब्यवस्था नगरेको कारण हाल सम्म उनी सोही स्थानमा काम गर्दै आएका छन । तर अहिले मधेस सरकारको राजनीतिक खिचातानी ले गर्दा उनलाइ तनाव बनाएको छ ।

प्रहार डेलि डट कम संग कुरा गर्दै उनले मैले इमानदारीक पुर्वक काम गरेकै कारण बिचौलियाहरु ले मलाइ कहिले कता सरुवा गराउन खोज्छन् त कहिले झुटो आरोप लगाउन खोज्छन । बिचौलियाहरुको माग नमाने पछि उनिहरु ले कहिले प्रदेश मन्त्रालय पुग्छन त कहिले केन्द्र मन्त्री संग सरुवा गराउन हारगुहार लगाउने गरेको उनले बताए ।

त्यस्तै उनले राजनीतिक खिचातानी कै कारण आफू मानसिक तनाव परेको बताएका छन । राज्यले कर्मचारीहरु लाई काम गर्न वातावरण बनाउनु पर्ने बताए । यस्तो राजनीतिक चपेटामा परेर काम गर्न कठिनाइ भइरहेको उनले बताए । आफुहरु जनताको सेवा गर्न आएको ले सो अनुसार काम गर्न दिनुपर्ने उनले बताए । बढी राजनीतिक चपेटामा परेर आफू बाढ्य भएर राजिनामा दिने दिन नआओस उनले दुखोस पोखे ।

प्रतिक्रिया

सम्बन्धित समाचार