बिरगंज, मंसिर १५ गते ।
बिरगंजमा अवस्थित पर्सा म्यानेजमेन्ट सेन्ट्रल एकेडमिको स्वागत कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ। शुक्रबार अनमोल पार्टी प्यालेसमा कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई भव्य स्वागत गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।
कलेज व्यवस्थापन समितिको सदस्य तथा प्रधानाध्यापक प्रकाश यादव स्वागत कार्यक्रमको सभापतिको रुपमा रहनुभएको थियो । कार्यक्रममा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । विशेष अतिथीको रुपमा जसपा नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव सहितको सहभागिता रहेको प्रधानाध्यापक यादवले बताए।
कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुले प्रतिनिधीमुलक स्वागत मन्तव्य राखेका थिए ।
स्वागत कार्यक्रममा प्रमुख अतिथि पुर्व मुख्यमन्त्री राउले देश बिकासको निम्ति शिक्षा पुर्वाधारको पनि पुर्वाधार भएको र यसको सुधार गरेमात्रै देशाका युवाहरु भविष्यमा उन्नतिहुने धारणा राख्नु भयो । उहाँले यस्ता कार्यक्रमले अन्तर्निहित प्रतिभाको प्रस्फुटन हुने जसले विद्यार्थीहरुमा भएको उर्जालाइ थप बल पुर्य्याउन सघाउने बिश्वास व्यक्त गर्नुभयो । उहाँले अध्यायन गर्ने समयमा विद्यार्थीहरु निरन्तर लगनशिल भएर लाग्नुपर्छ भन्दै हरेक दिन परिक्षाको रुपमा लिनुपर्ने र हरेक दिन परिक्षाको तयारी गर्नुपर्ने धराणा राख्नुभयो। उहाँले तीन घन्टे परीक्षा मुल्यांकनले मात्रै पुग्दैन । त्यो मात्रै मानिसको क्षमता होइन मुल्यांकन प्रणालिमा सुधार ल्याउनु पर्ने बताउनुभयो।एक अर्को सन्दर्भमा सत्यालले राष्ट्रको नीतिमा भएको कमि कमजोरिलाइ औल्याउन शिक्षण संथाको भुमिका रहने समेत बताउनु भयो ।
मन्तव्यकै क्रममा कलेजका डाईरेक्टर तथा प्रधानाध्यापक प्रकाश यादवले विद्यार्थीहरुलाइ नयाँ युगका ताराको रुपमा प्रतिबिम्बन गर्मुभयो । उहाँले कलेजको एकेडमिक पक्षलाइ ध्यानमा राखेर एकेडमिक डेलिभरिलाइ प्रमुख उदेश्य बनाएको बताउनुभयो । उहाँले बिद्यालय तथा कलेजले पढाइसुरु हुनुपुर्व एकेडमिक क्यालेन्डरको निर्माण गर्ने गरेको बताउनु भयो ।
त्यसैगरी उहाँले मुल्यांकन प्रणालिलाई आन्तरिक र बाह्य गरि दुइटा विधिबाट गर्ने गरेको जानकारी दिनुभयो । त्यस्तै आन्तरिक मुल्यांकन अनुसार विद्यार्थीहरुको नियमित उपस्थिती, अनुशासन, अतिरिक्त क्रियाकलाप लगायत कुराहरुमा जोड दिने गरेको बताउनुभयो। उहाँले पर्सा म्यानेजमेन्ट एकेडमिलाई मधेसकै एकेडमी हब बनाउने उदेश्य भएकोले गुणस्तरमा कुनैपनी सम्झौता नगर्ने बताउनुभयो ।
स्वागत कार्यक्रमको दोस्रो सत्र अर्थात अनौपचारिक कार्यक्रम अर्थात दोश्रो सत्रमा कलेजमा अध्यायनरत विद्यार्थीहरुको आयोजना गरिएका विभिन्न सांस्कृतिक नृत्य, गायन तथा प्रहसन कार्यक्रमहरु रहेका थिए ।