जनकपुरधाम, मंसिर १५ गते ।
समृद्धिको प्रवेशद्वार शिक्षा मुल मन्त्रलाई चिन्तन मनन गर्दै प्रदेश सांसद रामअशिष यादवको परिकल्पनामा शुरु गरिएको हेल्दी स्कुल कार्यक्रम अन्तर्गत स्कुले बालबालिकाहरुलाई स्कुल ब्याग झोला वितरण गरिएको छ ।
शहिदनगर नगरपालिका वडा नं. ३ शहिदनगर यदुकूहा गाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रमुख अतिथि प्रदेश सांसद रामअशिष यादवले शिक्षा बिना जीवन अन्धकार हुने भएकोले सबै बालबालिकाहरुलाई शिक्षित गर्ने उदेश्यले हेल्दी स्कुल कार्यक्रमको शुरुआत गरिएको कुरा बताउंनु भयो ।
शिक्षा प्रेमि प्रदेश सांसद यादवले पिठ्युँमा बोरा बोक्ने बालबालिकाहरुको जीवन अन्धकार हुने भएकोले बालबालिकाहरुको पिठ्युँमा बोरा होइन स्कुल ब्याग बोक्नुपर्छ भने कुरामा जोड दिएका छन । उहाँले गाउँ टोलका सम्पूर्ण बालबालिकाहरुलाई पठनपाठनका लागि प्रोत्साहन स्वरुप स्कुल ब्याग (झोला) उपलब्ध गराईएको बताउँनुभयो ।
शहिदनगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मनोज दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवीहरु सुनिल कमार साह, सुर्यदेव साह, रामलाल साह, रामकृपाल साह सहितका वक्ताहरूले शिक्षाको महत्त्व माथि प्रकाश पारेका छन ।
कार्यक्रममा सहभागी बालिकाहरुले हाम्रो गाउँ टोलमा निशुल्क ट्युसन सेन्टर संचालन गरिदिन प्रदेश सांसद यादव र वडा अध्यक्ष दास संग आग्रह गरेका छन ।