https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, मंसिर १५ गते ।
नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलको महिला फुटबल टिमबीच भएको मैत्रीपूर्ण खेलमा भारत टाइब्रेकरमा विजयी भएको छ । नेपाल भारत–महिलामैत्री समाजको आयोजनामा सिलिगुडी स्थित सशस्त्र सीमा बलको टोर्सा स्टेडियममा भएको खेलमा निर्धारित समयमा गोल नभएपछि भारतीय विभागीय टोलीले टाइब्रेकरमा खेल जितेको हो ।

खेलपश्चात आयोजित समारोहमा बोल्दै नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले नेपाल र भारतबीच रहेको सांस्कृतिक तथा सामाजिक सम्बन्धमा सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतको भूमिका उल्लेख्य रहेको बताईन् । दुई संगठनको व्यवसायिकताले नेपाल र भारतको मात्र सीमाको सुरक्षामात्रै नभई सम्पूर्ण दक्षिण एसियाकै सुरक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ ।

सो अवसरमा उनले नेपाल–भारत महिलामैत्री समाजले खेलको आयोजना गर्नु यी दुई व्यवसायिक संगठनबीच आपसी सौर्हादता बढाउनुको साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने एक प्रयास रहेको बताईन् । उनले नेपाल–भारतबीच सम्बन्ध प्रगाढ बनाउन आफू सधैं एक सेतु को रूपमा काम गरिरहने बताईन् ।

उक्त फुटबल म्याचमा सशस्त्र सीमा बलका आइजी सुधीर कुमार, बिएसएफका आइजी सूर्यकान्त शर्मा तथा नेपालको तरफबाट सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक विकास घिमिरे लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा सशस्त्र सीमा बल भारतका आइजी कुमारले नेपालकी प्रतिनिधि सभा सदस्य चौधरीले खेल आयोजना गर्न खेलेको भूमिका अत्यन्तै सराहनीय रहेको बताए । यस प्रकारका खेलले दुई देशको विभागीय संगठनबीचको सम्बन्ध अझ सुदृढ भएको बताउँदै सशस्त्र सीमा बलले सांसद चौधरीप्रति आभार व्यक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार