https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, मंसिर १८ गते ।
सर्लाहीकाे ईश्वरपुर नगरपालिका १३ स्थित श्रीनगरमा ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस एक कार्यक्रम गरि मनाइएकाे छ । मंगलबार ईश्वरपुर नगरपालिका १३ स्थित अपाङ्ग अनाथ बुद्ध उत्थान समाज नेपाल भन्ने संस्थाको प्रांगणमा ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने नाराका साथ मनाइएकाे हाे ।

अपाङ्ग अनाथ बुद्ध उत्थान समाज नेपालले आयोजना गरेकाे कार्यक्रममा प्रमुख अतिथि ईश्वरपुर नगरपालिका नगर प्रमुख : मनाेज आचार्यले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख आचार्यले यस कार्यक्रमलाई आँखा र स्वास्थ शिविर संचालन गरि मनाउने योजना भएपनि समय व्यस्तताका कारण आज शिविर संचालन गर्न नसकेको उहाँले बताए ।

यस महिना भित्रै स्वास्थ्य र आँखा शिविर सहित करिब १ सय जना अपाङ्गता भएका व्यक्तिहरुकाे लागि कम्बल उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयाे । नगर प्रमुख आचार्यले यस कार्यलाई समन्वय गर्नदिन अपाङ्ग अनाथ बुद्ध उत्थान समाज नेपालका अध्यक्ष राम कैलास महताेलाई आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि वर्षेनि डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो ।
संयुक्त राष्ट्रसंघले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।

नेपालमा पनि सोही नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो मनाउँदै छन् । दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्न/गराउन सरकारले आह्वान गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्यांक प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति बञ्चित छन् ।

उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् । जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट