
राहुल गुप्ता
बिरगंज, मंसिर १८ गते ।
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री तथा नेपाल सरकारको वन तथा वातावरण राज्य मन्त्री रुपा विश्वकर्माले पर्सा वन्यजन्तु निकुञ्ज कार्यालयमा भ्रमण संगै अनुगमन पनि गरेका छन ।
अनुगमन तथा भ्रमणका क्रममा दुबै मन्त्री लाइ डिभिजन वन अधिकृत (DFO) रामचन्द्र खतिवटाले आरक्षभित्र रहेका विविध वन्यजन्तु र हरियाली वन संरक्षणका लागि भइरहेको प्रयासबारे जानकारी गराउनुभयो । टोलीले नेपालमा संरक्षित रहेका बाघ, गैँडा तथा अन्य प्रजातिहरूको संरक्षणका लागि भइ रहेको कार्य बारे समेत जानकारी गराइएको थियो ।
वन जंगल लगायत जंगली जनावरहरु लाई संरक्षण गर्न र यस प्राकृतिक सम्पदाको दिगोपन सुनिश्चित गर्न प्रादेशिक सरकारबाट बढि सहयोगको आवश्यकतामा वन अधिकृत खतिवडा ले जोड दिएका थिए ।
भ्रमणको क्रममा मधेस प्रदेशका भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले हाम्रो अमूल्य जैविक विविधताको संरक्षण र यस क्षेत्रको जीवनलाई सहयोग गर्ने पारिस्थितिक सन्तुलन कायम गर्न सरकार र स्थानीय अधिकारीहरू बीचको सहकार्यको महत्त्वलाई जोड दिएका थिए ।
आज भएको अनुगमन तथा भ्रमणमा नेपाली कांग्रेस पर्सा जिल्लाका उप-सभापति रामनारायण कुर्मी, जगरनाथपुर गाउँपालिका प्रमुख श्रीकान्त यादव, नेपाली कांग्रेस बारा जिल्लाका सचिव राजेश रौनियार लगायतका नेताहरुको सहभागिता रहेको थियो ।