
गाैशाला, मंसिर १९ गते ।
जनता समाजवादी पार्टी नेपालको संगठन निर्माण अभियान“ कार्यक्रम अन्तर्गत गाैशालामा विभिन्न पार्टी परित्याग गरि सय जनाभन्दा बढी जसपा नेपालमा प्रवेश गरेको छ ।
महाेत्तरीको गाैशाला नगरपालिका वडा नम्बर ५ स्थित गाैशाला बजारमा आयोजना गरीएको “जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान” कार्यक्रमा विभिन्न पार्टी परित्याग गरि सय जनाभन्दा बढी जसपा नेपालमा प्रवेश गरेको हाे ।
संगठन निर्माण अभियान कार्यक्रमलाई सम्बाेधन गर्दै जसपाका क्षेत्रीय अध्यक्ष डा. दिपेन्द्र महताेले यो अभियान हरेक नेपाली जनतासंगै खास गरेर मधेशी जनताहरुको भविष्यका लागि महत्वपूर्ण रहेको भन्दै जनतासँगको सीधा संलग्नता आवश्यक रहेको बताए । उहाँले “यस अभियानले जसपा नेपालको पहुँचलाई हरेक टोल र गाउँसम्म पुर्याउने काम गर्ने बताँउदै पार्टीलाई जनतासँग नजिकबाट काम गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे ।

त्यसैगरी जसपा नेपालका केन्द्रीय सदस्य रमेश महताेले कार्यक्रामलाई सम्बोधन गर्दै स्थानीय स्तरमा पार्टीको प्रभावलाई मजबु बनाउन र कार्यकर्तालाई सक्रिय राख्नका लागि यो अभियान महत्वपूर्ण रहेको बताएका हुन् । उहाँले जनतासँगको निकटता र संगठन बिस्तार भए मात्र पार्टी थप बलियो हुने सुझाब दिएका हुन् । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा पार्टीको आधारभूत संरचना सुदृढ पार्नु हो । यसका लागि चार महिनाको अवधिमा “जनतासँग जसपा नेपाल” भन्ने नारा सहित विभिन्न स्थानीय गतिविधिहरू आयोजना गरिरहेको छ ।













