https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, मंसिर २० गते ।
बारा र रौतहटको ९ हजार ५ सय हेक्टर जमिन सिंचाइ गर्ने लक्ष्य रहेको जुमनी सिंचाइ आयोजनाको आज नेपाल सरकार का केन्द्रिय उर्जा तथा सिचाइ मन्त्री दिपक खडकाले स्थलगत निरिक्षण गरेका छ्न । निरीक्षणका क्रममा मन्त्री खड्काले मन्त्रालयका सचिव लाई अधुरो रहेको काम लाई तुरुन्त ठेक्का लगाइ काम लाई अघि बढाउन निर्देशन दिएका छन ।

नेपाली कांग्रेस बाराका जिल्ला सचिव राजेश रौनियारले जमुनी सिचाइ आयोजनाको बारे मन्त्री खड्का लाई ध्यानाकर्षण गराएका थिए । उनले यस प्रहार डेलि अन लाइन संग कुरा गर्दै २०७२ साल माघदेखि आयोजनाको काम शुरु भएको थियो र सुरुमा यसको लागि २२ करोड ४० लाख ५१ हजार १ सय ४५ रुपैयाँको लागतमा निर्माण कार्य सुरु भएको सचिव रौनियारले बताए ।

जमुनी सिचाइ आयोजनामा कुल लागत एक अरब रहेको छ ।जसमा ७० करोड को काम समपन्न भैसकेको र ३० करोड काम बाकी रहेको छ । अर्थ मन्त्रालय बाट रकम को स्रोत सहमति बितिकै टेन्डर प्रक्रिया हुने छ र बाकी रहेको काम लाई टेन्डर द्वारा तुरुन्तै सुरु गर्ने मन्त्री ले बताएका छन । जसका लागि आज सचिव लाई मन्त्री ले ठाडो निर्देशन दिएर अर्थ को सहमति गराउन तथा चाडो टेन्डर प्रक्रिया लग्न भएका छन ।

सिचाइ को समस्या उक्त क्षेत्र मा समाधान यो आयोजना पूरा भएपछि बाराको पचरौता नगरपालिका, आदर्शकोतवाल गापा, सिम्रौनगढ नगरपालिका, तथा छिमेकी जिल्ला रौतहट को सिचाइ समस्या समाधान हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट