https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, मंसिर २१ गते ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे धारणा बनाउनको लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

बैठक आगामी सोमबार विहान ९ बजेको लागि तय भएको जनाईएको छ । प्रधानमन्त्री ओलीको यही मंसिर १७ देख २० गतेसम्म भएको चार दिने चीन भ्रमणको क्रममा भएको बीआरआईसम्बन्धी फ्रेमवर्कको सहमतिबारे कांग्रेसले आधिकारिक धारणा बनाउने भएको हो ।

उक्त सहमतिलाई लिएर कांग्रेसका शीर्ष नेताहरुले नै आलोचना गर्न थालेका छन् । बीआरआईअन्तर्गत अनुदानमात्रै लिने सहमति गरिएकोमा चीनमा भने त्यसलाई लत्याएर ऋणको बाटो खोलिएको भन्दै कांग्रेसबाट परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेताहरु एनपी साउद र डा. प्रकाशशरण महतले आलोचना गरिरहेका छन् ।

उनीहरुले सार्वजनिक रुपमै बीआरआई फ्रेमवर्क सम्झौताप्रति असन्तुष्टि पोख्न थालेका छन् । यही सन्दर्भमा सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार