
दिपेश कुमार शाह
रौतहट, मंसिर २१ गते ।
रौतहटको ऐतिहासिक गढीमाई मेलाको आज एक कार्यक्रमविच उदघाटन हुँदैछ । कटहरीया नगरपालिका वडा नं ४ अध्यक्ष चन्दन कुमार कुशवाहले मेलाको उदघाटन कार्यक्रम रहेको छ । मंसिर २१ गतेदेखि शुरु भएको मेलाको औपचारिक उदघाटन आज हुने भएको हो ।
गढीमाई मन्दिरका मुख्य पूजारीका अनुसार मंसिर २१ देखि शुरु भएको मेला आगामी ३० गतेसम्म चल्ने छ । मंसिर २३ गते मुख्य पूजारीका परिवारजनबाट शुरु हुने तान्त्रिक विधिद्वारा पञ्चबली चढाउने परम्परा रहेको छ । सो दिन धामी झाक्रीहरूद्वारा गरिने पूजा र भक्तजनहरूले चढाउने बलिको व्यवस्थापन गरिनेछ । मेलामा देश तथा विदेशबाट लाखौं दर्शनार्थीहरू गढीमाई माताको दर्शन गर्न पुग्ने गर्दछन । प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा नेपालसहित छिमेकी भारतबाट पनि लाखौँ श्रद्धालु गढीमाई आउने गर्छन् ।
कटहरीया नगरपालिका– ४ देवाही गोनाही -६ मा पर्ने यो तुलजा भवानीका रूपमा समेत पुजिने गढीमाई मन्दिर विशेष गरी बलिका कारण सधैँ चर्चामा रहने गरेको छ । भाकल पूरा भएमा त्यसै अनुसार श्रद्धालुले बलि दिने गर्छन् । हजारौँको संख्यामा पशुबलि दिइने यस मन्दिरमा तान्त्रिकले रगत चढाएपछि बलि प्रदान सुरु हुन्छ । मन्दिरमा राँगा, बोकाजस्ता जनावरको बलि दिइने गरिन्छ ।
कार्यक्रम देवाही गोनाही मेयर प्रेमलाल कानुले यो महिना पछि गढीमाई मन्दिरका प्राङ्गणमा घेर्नको लागि १० लाख रुपैयाँ दिने प्रतिबद्धता गरेको थियो। कठहरिया नगरपालिका र देवाही गोनाही नगरपालिका दुवै नगरपालिकाको बीचमा रहेको हुनाले विगत वर्षमा देखि भव्य र सभ्यको साथै लाग्ने मेयर प्रेमलाल शाहका उनले बताएका छन् ।