
राजेश सिंह
गाैशाला, मंसिर २१ गते ।
बाँके मरहा साझेदारी वन उपभोक्ता समुहले उपभोक्तालाई काठ बिक्रीवितरण सुरु गरेको छ । महाेत्तरी जिल्ला अन्तर्गत रहेका बाँके मरहा साझेदारी वन उपभोक्ता समितिले उपभोक्तालाई शुक्रबार एक कार्यक्रम गरि काठ बिक्रीवितरण सुरु गरेको हाे ।
वन नियमावली २०७९ को दफा ६४(१) बमोजिम नेपाल सरकार र साझेदारी वन अन्तर्गत काठ बाड्फाड गरि आज बाँके मरहा साझेदारी वन उपभोक्ता समूहको आयोजनामा काठ बिक्रिवितरण गरिएको हाे ।
काठ लिने पहिलो उपभोक्ता गाैशाला नगरपालिका १२ प्ररिया बस्ने राजकिशाेर सिंह कुशवाहाले खुशी व्यक्त गरेका छन् । कुशवाहाले मैले सुन्दै आइरहेका थिए कि साझेदारी वन उपभोक्ता समितिबाट काठ खरिद गर्न धेरै झन्झटिलो प्रक्रिया हाे । तर मैले नियम कानुन अनुसार कागजहरु पेश गर्दा सहज रुपमै काठ लिन पाउँदा खुशी व्यक्त गरे ।
बाँके मरहा साझेदारी वन उपभोक्ता समिति, लक्ष्मिनिया, महोत्तरी अन्तर्गत २०७९/८० छपान भएका ढलापढा रुखहरुबाट उत्पादन भएका गोलिया काठहरुमा साल जातको जम्मा गोलिया काठ १४१७, ७७५९.७९ क्यु फिट काठ छन् । जसमध्ये नेपाल सरकार अन्तर्गत ४२२ थान सालको काठ गोलिया, २३५३.९ क्यु फिट र साझेदारी वन तर्फ ९९५ साल जातको गोलिया, ५४०२.८८ क्यु फिट रहेको बाँके सव डिभिजन कार्यालयका प्रमुख श्वेता झाले जानकारी दिइएन ।
साल काठ बाहेक अन्य जातकाे (असना, कर्मा, हाडे) जसमा नेपाल सरकार अन्तर्गत ५७ थान गोलिया, साझेदारी अन्तर्गत १३१ थान गोलिया रहेका छन् । दाउरा तर्फ ७ चट्टा मध्ये नेपाल सरकार अन्तर्गत २ चट्टा र साझेदारी वन अन्तर्गत ५ चट्टा अधिकृत झाले बताइन् ।
म निर्वाचित भएर जिम्मेवारी पाएपछि वर्षाैदेखि लथालिङ्ग अवस्थामा रहेका बाँके मरहा साझेदारी वन उपभोक्ता समुहलाई व्यवस्थित गर्न धेरै कष्ट गर्नुपर्याे समुहका अध्यक्ष : बलराम यादवले बताए । साथै यो कार्यविधि तथा व्यवस्थापन गर्न डिभिजन वन कार्यालय, प्रदेश निर्देशनालय लगायत बाँके सव डिभिजनका प्रमुख लगायत सम्पूर्ण कर्मचारीहरुकाे सहयोगले गर्दा उपभोक्तालाई काठ बिक्रीवितरण गर्न पाएकाले म धेरै नै खुशी छु अध्यक्ष यादवले बताउनुभयो ।
कार्यक्रम बाँके मरहा साझेदारी वन उपभोक्ता समुहको अध्यक्ष बलराम यादवकाे अध्यक्षता, मधेस प्रदेशका प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथ प्रसाद जयस्वालकाे प्रमुख अतिथि तथा प्रदेश वन निर्देशनालयका वन संरक्षण तथा विशिष्ट अतिथि व्यवस्थापन शाखा प्रमुख सुजित कुमार झा, डिभिजन वन कार्यालय, महोत्तरीका प्रमुख : अजय कुमार मिश्र, सहायक अधिकृत लालबाबु यादव, बाँके सव डिभिजनका प्रमुख श्वेता झा, उपभोक्ता समूह सम्पूर्ण पदाधिकारीहरुकाे उपस्थिति रहेको थियोे ।