https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, मंसिर २२ गते ।
महाेत्तरीकाे त्रिभुवन नमुना माध्यमिक विधालय गाैशालामा नगर प्रमुख : डा. महताेद्वारा ९ काेठे भवन निर्माणका लागि शिलान्यास गरेको छ । आईतबार गाैशाला नगरपालिका ५ स्थित त्रिभुवन नमुना माध्यमिक (०-१२) विधालय गाैशालामा नगर प्रमुख : डा. दिपेन्द्र महताेद्वारा ९ काेठे भवन निर्माणका लागि शिलान्यास गरेको हाे ।

भवनको शिलान्यास नगर प्रमुख : डा. दिपेन्द्र महताेले विधिवत रुपमा पुजापाठ गरि संयुक्त रुपमा शिलान्यास गरेका छन् । भवन निर्माणकाे काम १८ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ ।

शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख महताेले विधालय विदियाकाे मन्दिर हाे, मन्दिरभित्र कसैलाई राजनीति नगर्न आग्रह गरेका छन् । साथै अहिले समाजिक संजालमा जुन भ्रम छरिरहेकाे कि शिक्षा क्षेत्रमा राम्रो रिजल्ट नआउनुकाे कारण यसको जिम्मेवारी नगरपालिकाका जनप्रतिनिधि मात्र हाे । तर शिक्षामा सुधार गर्ने जिम्मेवारी सबैले वहन गर्नुपर्छ । एकलै नगरले चाहेर हुँदैन । सबभन्दा बढी भुमिका अभिभावककाे हुन्छ । साथै यहाँका समाजका र विर्धाथीहरुकाे त्यति कै जिम्मेवारी हुनुपर्छ । प्रमुख महताेले बताउनुभयो । विधालयलाई अगाडि बढाउन समाजले सधै सहयोग गर्नुपर्छ भाैतिक पुर्वाधार काम हाेस आ शिक्षामा स्तर उन्नतिकाे काम हाेस नगरले एकलै चाहेर हुँदैन समाजलाई पनि अहम भुमिका खेल्नुपर्छ प्रमुख महताेले बताउनुभयो ।

विधालयमा विद्यार्थीहरुको संख्या बढ्दै गएकोले कक्षाकोठाको अभाव भएपछि पठनपाठनमा समस्या भईरहेकाे कारण उक्त विद्यालयलाई व्यवस्थापन गर्नको लागि नगरपालिकाकाे पहल तथा समन्वयमा संघीय सरकारकाे राष्ट्रिय योजना आयाेगद्वारा विनियोजित बजेटबाट १ करोड ९९ लाख ३० हजार ६ सय ६० रुपैया ९५ पैसा बराबर रकमको मिति : २०८१ कार्तिक २१ गते जनकपुरकाे रमेश कन्ट्रक्सनसँग ठेक्का सम्झौता भई अनुसार ९ काेठे भवन निर्माणकाे लागि शिलान्यास गरिएको नगरपालिकाका ईन्जिनियर नवीन महताेले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा वडा नं. ५ काे अध्यक्ष : ओम प्रकाश गुप्ता, विधालय व्यवस्थापन समितिका अध्यक्ष : रमेश कुमार महताे, नगर शिक्षा समितिका सदस्य जितेन्द्र सिंह, कुमरकान्त झा, विधालयका प्र.अ. तथा शिक्षकहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, समाजसेवी, विधालयका शिक्षक तथा शिक्षिकाहरु, विधार्थीहरु, संचारकर्मी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार