
पवन प्रसाद साह
बिरगंज, मंसिर २२ गते ।
पर्साको विन्दवासिनी गाउँपालीका वडा नं ५ प्रसौनी भाठ्ठा स्थित श्री मसरुर पव्लिक विधालयको प्राङ्गणमा आज एक दिवसीय आँखा शिविर सम्पन्न भएको छ ।
“प्रेम सबै लाई गर कसैलाई घृणा नगर भन्ने मुल नाराका साथ आज आखाँ शिविर सम्पन्न भएको छ । केडिया आखाँ अस्पतालको प्रविधि सहयोगमा र स्थानीय आयोजक अहमदिया संघ नेपालको आयोजनामा शिविर सम्पन्न भएको छ ।
शिविरमा ४५२ जनाको आखाँ जाँच गरिएको थियो जस्मा १५० जना मोतियाबिन्दुको बिरामी फेला परेका छन् । मोतियाबिन्दुको बिरामीको अप्रेसन परवानीपुर केडिया आखाँ अस्पतालमा हुने सो शिविरमा केडिया आखाँ अस्पतालको प्रविधिक डा. अम्बिका साह, व्यास महतो, कैशल कुमार कर्ण रहेका थिए ।
सो कार्यक्रमको पुर्व प्रदेश सभा सदस्य प्रह्लादलाद गिरीको मुख्य आतिथ्यमा सम्पन भएको छ।भने विशिष्ट अतिथि विन्दवासिनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोहन राउत अहिर, केडिया आखाँ अस्पतालका डा. राज किशोर साह रहेका थिए ।
शिविरमा चेकजाँच गर्दा मोतियाबिन्दुको विरामी फेलापरेमा निशुल्क केडिया आखाँ अस्पतालमा अप्रेसन हुने स्थानिय आयोजक संस्थाका प्रतिनिधि बारा पर्सा इन्चार्ज हासिम अहमदले बताए ।
आखाँ शिविर कार्यक्रम अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमदको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अहमदिया संघ नेपालका बारा पर्सा इन्चार्ज हासिम अहमदले गरेका थिए ।