राजेश सिंह
गाैशाला, मंसिर २२ गते ।
जनतासँग जसपा नेपालकाे आधारभुत संगठन निर्माण अभियानकाे बर्दिवासमा विस्तारित बैठक सम्पन्न भएको छ । शनिबार महाेत्तरीकाे बर्दिवासकाे जयमा पञ्चधुरा गेष्ट हाउसकाे सभाहलमा जनतासँग जसपा नेपालकाे आधारभुत संगठन निर्माण अभियानकाे क्रममा नगर स्तरीय विस्तारित बैठक सम्पन्न भएको हाे ।
संगठन निर्माण अभियान कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि तथा जसपा नेपालका महासचिव रामकुमार शर्माले यो अभियान हरेक नेपाली जनतासंगै खास गरेर मधेशी जनताहरुको भविष्यका लागि महत्वपूर्ण रहेको भन्दै जनतासँगको सीधा संलग्नता आवश्यक रहेको बताए । उहाँले “यस अभियानले जसपा नेपालको पहुँचलाई हरेक टोल र गाउँसम्म पुर्याउने काम गर्ने बताँउदै पार्टीलाई जनतासँग नजिकबाट काम गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे ।
त्यसैगरी जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा पुर्व मन्त्री हरिनारायण यादवले कार्यक्रामलाई सम्बोधन गर्दै स्थानीय स्तरमा पार्टीको प्रभावलाई मजबु बनाउन र कार्यकर्तालाई सक्रिय राख्नका लागि यो अभियान महत्वपूर्ण रहेको बताएका हुन् । उहाँले जनतासँगको निकटता र संगठन बिस्तार भए मात्र पार्टी थप बलियो हुने सुझाब दिएका हुन् । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा पार्टीको आधारभूत संरचना सुदृढ पार्नु हो । यसका लागि चार महिनाको अवधिमा “जनतासँग जसपा नेपाल” भन्ने नारा सहित विभिन्न स्थानीय गतिविधिहरू आयोजना गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै जसपा नेपालकाे केन्द्रीय सदस्य तथा अभियानता चन्देश्वर प्रसाद सिंहले यस लोकतान्त्रिक गणतन्त्रामक नेपालमा विभिन्न उतार चढावहरुको बावजुद पार्टीहरुको टुटफुट र एकीकरण, गठबन्धन निर्माणको समस्या र अवसरहरु पार गर्दै हाम्रो जनता समाजवादी पार्टी नेपाल आज नेपालमा आदिवासी जनजाति, खस, थारू, महिला, मुस्लिम, दलित, पिछडावर्ग, लगायत उत्पीडित एवम शोषित जनताको पार्टीको रुपमा स्थापित हुन पुगेको उहाँले बताउनुभयो । अब नेपालमा राजनीतिक स्थायित्वको लागि बलियो, सुदृढ र व्यवस्थित पहिचान र समावेसिताको मूल मुद्दा लिई अगाडी बढेको राजनीतक पार्टीको अपरिहार्य आवश्यकता भएको अवस्थामा हाम्रो पार्टीले गत जेष्टमा राष्ट्रिय महाधिवेसन सम्पन्न गरि जनता संग जसपा नेपाल, आधारभुत संगठन निर्माण अभियान संचालन गरि फर्को मारेको अभियानता सिंहले बताए ।
नवगठित नगर समिति चयन
१. श्री गाविन्द यादव, वडा नं. ८, हाथीलेढ, अध्यक्ष
२. श्री ललिता देवी महतो, वडा नं. १३, विजलपुरा उपाध्यक्ष
३. श्री दिलीप महतो, वडा नं. ६, किसाननगर : उपाध्यक्ष
४. श्री पुनम कुमारी महतो, वडा नं. ७, प्रेमनगरः कोषाध्यक्ष
५. श्री आई सिंह लामा, वडा नं. १०, खयरमारा सदस्य
६. श्री राज कुमार महतो, वडा नं. १३, विजलपुरा : सदस्य
७. श्री वृजमान गोले, वडा नं. १०, आँपटार खयरमारा सदन
८. श्री अनिता कुमारी महतो, वडा नं. ७, प्रेमनगर : सदस्य
९. श्री विन्देश्वर महतो, वडा नं. ९, पशुपतिनर: सदस्य
१०. श्री सोनम सिंह गोले, वडा नं.११, भाड. ग्रै, खयरमारा सदस्य
नगर सल्लाहकार समिति चयनः
१. श्री लक्ष्मी चौलागाई खयरमारा संयोजक
२. श्री गोपाल मल्ल, बर्दीवास: सदस्य
३. श्री राम मुरत महतो, पशुपतिनगर सदस्य
४. श्री परिक्षण महतो, बर्दीवास सदस्य
नगर युवा अध्यक्ष चयनः
१. श्री पंकज यादव हाथीलेढ
नगर महिला अध्यक्ष चयन
१. श्री श्यामा देवी मण्डल
कार्यक्रमको अध्यक्षता जसपा नेपालका अग्रज अभिभावक लक्ष्मी चौलागाई, प्रमुख अतिथी जसपा नेपालको केन्द्रीय महासचिव राम कुमार शर्मा, विशिष्ट अतिथी : पुर्व मन्त्री तथा जसपा नेपालको कार्यकारिणी सदस्य हरिनारायण यादव, अतिथी : जसपा नेपालको केन्द्रीय सदस्य तथा अभियन्ता चन्दे श्वर प्रसाद सिंह, केन्द्रीय सदस्य तथा अभियन्ता श्री रमेश महतो, केन्द्रीय सदस्य तथा अभियन्ता इन्दु कुमारी शर्मा, केन्द्रीय सदस्य तथा अभियन्ता श्री ईसरागन यादव, मधेश प्रदेश सदस्य निर्मला यादव, जसपा नेपालको महोत्तरी जिल्ला अध्यक्ष श्री राम प्रकाश यादव, जनजाति महासंघको पुर्व केन्द्रीय अध्यक्ष श्री प्रेम लामा, अतिथी : एकडारा पालिका अध्यक्ष दीप नारायण मण्डल, जसपा नेपालका सम्पूर्ण नेता तथा अगुवा कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियोे ।