संखुवासभा, मंसिर २४ गते ।
जनतासँग जसपा नेपाल अभियानको क्रममा जनता समाजवादी पार्टी, नेपाल संखुवासभाको जिल्ला समिति आज पुनर्गठन भएको छ ।
सिताराम तिमल्सिनाको अध्यक्षतामा गठीत जिल्लाको नयाँ समितिको उपाध्यक्षमा किशोर राई, सचिवमा पूर्ण शेर्पा लगायत ३९ सदस्यीय कार्यसमिति गठन भयो ।
जसपा नेपाल प्रदेश १ का अध्यक्ष दिपक याक्खाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्यद्वय ध्रुब राई, मुना राई र शेर्पालुङ राष्ट्रिय समिति प्रदेश १ का संयोजक नोर्बु शेर्पा लगायतको उपस्थिति रहेको थियो ।