पवन प्रसाद साह
बिरगंज, मंसिर २५ गते ।
सत्य समाजको पहिचान लैङ्गिक हिंसा बिरुदको अभियान मुख्य नारासहित सनराईज समुदायिक सिकाई केन्द्र वीरगञ्ज महानगरपकलिका वडा नं २३ प्रसौनी बिर्ताको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको अभियान सम्बन्धी जनचेतना मुलक कार्यक्रम बिरगञ्ज महानगरपालिका वार्ड नं २३ प्रसौनी बिर्तामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी वीरगञ्ज महानगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले भने लैङ्गिकताका आधारमा समाजले दिएको उपनाम पनि लैङ्गिक हिंसा हो, तर हिंसाहरू न्यूनीकरण गर्नका लागि सबैले एक जुट भएर काम गर्नु पर्ने बताउनु भयो । यस जनचैतना मुलक कार्यक्रममा उहाँले लैङ्गिकताका आधारमा आपराधिक हिंसा पनि हुने जसको कारण पुरुषको तुलनामा महिला बढी पीडित हुने, यसका लागि सरोकारवाला निकायहरूले पहल तथा वकालत पैरवी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
नैपालमा लैङ्गिक हिंसाका स्वरूपहरू :-कुटपिट र घरबाट निकाला, गाली-जलौज, स्रोत साधनबाट बञ्चित गर्नु, बैवाहिक बलात्कार, बलात्कारको प्रयास, बालविवाह, बहुविवाह, बालबालिका भुण पहिचान गरि गरिने गर्भपतन ,छोराछोरीमा गरिने भेदभाव, बोकसिको आरोप लगाउने गरिने हिंसा,महिनवारी भएको बेलामा गरिने भेदभकव पुर्ण व्यवहार, योनशोषणको लागि महीला र बालबालिकाको बेचबिखनको सम्बन्धमा प्रशिक्षक जितेन्द्र महतोले सहभागी १५० जना महिला तथा बालबालिकालाई प्रशिक्षण दिएका थिए ।
लैङ्गिक हिंसा विरुद्धको अभियान सम्बन्धी जनचेतना मुलक कार्यक्रम वीरगञ्ज महानगरपकलिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णको प्रमुख अतिथीमा एंव सनराईज समुदायिक सिकाई केन्द्रका अध्यक्ष रिता चौधरी कि अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी वीरगञ्ज महानगरपालिका वार्ड नं २३ का वार्ड अध्यक्ष अवधकिशोर कुशवाहा, वीरगञ्ज महानगरपालिकाका महिला बालबालिका शाखा प्रमुख रन्जना पंडित,अतिथीमा माउन्ट हर्मन इङ्ग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक संतोष प्रसाद साह, सनराईज समुदायिक सिकाई केन्द्रका परिचालिका रेखा कुमारी दास, आसमा नेपालका पुजा जयसवाल, लाइफ नेपालका कंचन कोइरालाको उपस्थिति रहेको थियो ।