https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, मंसिर २८ गते ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निकटभविष्यमा नै हुने दाबी गरेका छन् । आफ्नो भारत भ्रमणको क्रममा भारतीय पक्षसँगको कुराकानीमा प्रधानमन्त्री ओलीको भारत भ्रमण छिट्टै हुने थाहा मन्त्री भण्डारीको भनाई छ ।

प्रधानमन्त्री ओली चीन भ्रमणमा रहेको समयमा मन्त्री भण्डारी भारत भ्रमणमा थिए । सो क्रममा उनले भारतीय विदेशमन्त्री डा. एश. जयशंकरसँगसमेत भेट गरेका थिए । मन्त्री भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपनि छिट्टै नेपाल भ्रमणमा आउने बताए । दुवै पक्षबाट दुबै देशका प्रधानमन्त्रीको भ्रमणको आदानप्रदानको तयारी भएको उनको खुलासा छ ।

पहिले मोदी आउने वा पहिले ओली भारत जाने भन्ने केही दिनभित्रै टुँगो लाग्ने बताईएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा यतिवेला युरोप भ्रमणमा छिन् । उनी उतैबाट भारत ओर्लिने तयारी छ । उनको भारत भ्रमणपनि प्रधानमन्त्री ओलीको भ्रमणको तयारीको लागि हुनसक्ने अड्कलबाजी भैरहेको बेलामा मन्त्री भण्डारीको यस्तो भनाई आएको हो । प्रधानमन्त्री ओलीले झापाको एक कार्यक्रममा आफू छिट्टै भारत भ्रमणमा जाने खुलासा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट