https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, मंसिर २९ गते ।
जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई बिघटन गर्ने भएको छ । जसपा नेपालको मंसिर २८ र २९ गते सम्पन्न केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो ।ल

पार्टी उच्च स्रोतका अनुसार आगामी चैत मसान्तभित्र पार्टी मातहतका प्रदेश समितिहरु, पहिचानमा आधारित राष्ट्रिय समितिहरु, स्थानीय तहका समितिहरुको अधिवेशन सम्पन्न गर्ने र वैशाख २५ गतेभित्र जनवर्गीय संगठनहरुको केन्द्रीय अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।

शुक्रबार र शनिबार सम्पन्न पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न केन्द्रीय कार्यकारिणी बैठकले भदौदेखि मंसिर महिनासम्म सञ्चालन गरेको चार महिने ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म अवधि थप गर्ने निर्णय गरेको हो ।

संगठन विस्तार अभियान प्रभावकारी रहेको निष्कर्षसहित सञ्चालित अभियानलाई माघ मसान्तसम्मलाई निरन्तरता दिने निर्णय भएको स्रोतको भनाइ छ ।

बैठकले स्थानीय तहको उपनिर्वाचनमा मधेश प्रदेशसहित देशैभरिबाट पार्टीले प्राप्त गरेको मत परिणाम सन्तोषजनक रहेपनि पर्याप्त नभएको ठहर गर्दै थप संगठन निर्माण र विस्तारमा लाग्नु पर्ने निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट