
राजेश सिंह
गाैशाला, मंसिर २९ गते ।
महाेत्तरीकाे गाैशालामा सुर्याेदय वाेमी लघुवित वित्तीय संस्था लिमिटेडकाे आयोजनामा एकदिने वित्तीय साक्षरता तथा व्यवसायीक उखु खेती तालिम सम्पन्न भएको छ । सुर्याेदय वाेमी लघुवित वित्तीय संस्था लिमिटेड गाैशाला शाखाकाे आयोजनामा एकदिने वित्तीय साक्षरता तथा व्यवसायीक उखु खेती तालिम सम्पन्न भएको हाे ।
शनिबार गाैशाला नगरपालिकाकाे सभाहलमा सुर्याेदय वाेमी लघुवित वित्तीय संस्था लिमिटेड गाैशाला शाखामा आवद्ध रहेका सदस्यहरुमध्ये १२५ जना सदस्यहरुलाई वित्तीय साक्षरता तथा व्यवसायीक उखु खेती सम्बन्धि तालिम दिएका छन् ।
तालिम प्रशिक्षक एभरेष्ट सुगर एण्ड केमिकल इन्ड्रस्टि्रजकाे जेटिए शत्रुधन महताेले उखु खेती सम्बन्धी विविध विषयमा सहभागी कृषकहरूलाई जानकारी दिएका थिए । उखु खेतीमा लाग्ने रोग, कीरा, मलखाद व्यवस्थापन, रोप्ने सही तरिका, उत्पादन वृद्धि लगायतका विषयहरु सम्बन्धि प्रशिक्षण दिएका थिए ।
सहभागी कृषकहरूले तालिम अत्यन्त उपयोगी रहेको र यसले उखु खेतीलाई थप व्यवस्थित, वैज्ञानिक, र व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमले कृषकहरूलाई आत्मनिर्भर बन्न थप प्रेरणा दिएको सहभागीहरूले बताएका छन् ।
लघुवित्त संस्थाका अनुगमन अधिकृत नरेश कुमार सिंहका अनुसार, कृषकहरूको आय वृद्धि र स्थानीय उत्पादनलाई बढावा दिन यस्ता तालिमलाई निरन्तरता दिने योजना रहेको उहाँले बताए ।
कार्यक्रम समूह नम्बर ०६९.००९ काे अध्यक्ष मकुन्ती देवीकी अध्यक्षता, गाैशाला नगरपालिका – ५ काे वडा अध्यक्ष ओम प्रकाश गुप्ताकाे प्रमुख अतिथि तथा विशिष्ट अतिथि सुर्याेदय वाेमी लघुवित वित्तीय संस्था लिमिटेड स्टेसन कार्यालय बर्दिवासका अनुगमन अधिकृत नरेश कुमार सिंह, गाैशालाका शाखा प्रमुख : हरिभक्त बराल, अतिथि काशी महताे, भुपु सई तथा गाई फारमका संचालक राम दरेश यादव, गाैशाला शाखाका कर्मचारीहरु लगायत सदस्यहरुकाे सहभागी रहेको थियोे ।