
जनकपुरधाम, पुष १ गते ।
समाजमा व्याप्त विकृति मृत्यु भोज, श्राद्ध कर्म र खर्चिलो वैवाहिक परम्परालाई परिमार्जन गर्न उदेश्यले धनुषा जिल्लाको ओैरही गाउँ पालिका स्थित कपटौल गाउँमा अन्तरक्रिया कार्यक्रम को आयोजना गरिएको छ ।
श्री वेदमाता गायत्री परिवार केन्द्र कपटौलद्वारा सामाजिक विकृति मृत्यु भोज, श्राद्ध कर्म र खर्चिलो वैवाहिक परम्परालाई समय सापेक्ष परिमार्जन गर्ने गायत्री परिवार कपटोलले थालिएको समाज रुपान्तरण अभियान निकै सार्थक रहेको कुरा अधिकांश वक्ताहरूले बताएका छन ।
कार्यपत्र प्रस्तोता शिक्षा विज्ञ रामनारायण मंडलले विगतमा एक महिना सम्म रहेको श्राद्ध कर्म १३ दिनमा समिति भएको तर १३ पनि बढि भएको ले ७ दिन मै श्राद्ध कर्म सम्पन्न गरि खुशी उमंग मा भोज गरिन्छ, त्यसकारण मृत्यु भोज पुर्ण रुपमा वन्द गर्नुपर्ने कुरा कार्यपत्र मा उल्लेख गरेका छन।साथै उहाँले विवाह दुई परिवार को मिलन हो तर अहिले राति हुने विवाह निकै खर्चिलो र विवादित हुदै गएको कारण दिवाविवाह उत्सव हुनुपर्ने कुरामा जोड दिएका छन ।
सो अन्तक्रिर्या कार्यक्रममा संघीय सांसद रामकृष्ण यादव, प्रदेश सांसद रामअशिष यादव, रामअशिष यादव, कार्यपत्र प्रस्तोता पुर्व जिशिअ रामनारायण प्रसाद मंडल शिक्षा विज्ञ डा ज्ञानी यादव, गायत्री परिवार राष्ट्रिय अध्यक्ष अमरनाथ गुप्ता, प्राडा रामसागर पंडित, प्राधानाध्यापक पवन कुमार मंडल, निवर्तमान गाउँ पालिका अध्यक्ष ब्रम्हदेव यादव, जसपा नेपाल के युवा रामबिहारी यादव,अधिवक्ता दिलिप मंडल, वडा अध्यक्ष गंगा प्रसाद यादव सहिका वक्ताहरूले समाजिक विकृति मृत्यु भोज, खर्चिलो विवाह सहितका सम्बन्धमा विचार व्यक्त गरेका कुरा कार्यक्रमका उदघोषक डॉ रामनारायण मंडलले जानकारी दिएका छन ।
सो अन्तक्रिर्या कार्यक्रममा स्थानीय बुद्धिजीवी, गायत्री परिवारका सदस्य, शिक्षक, ग्रामीण, समाजसेवी, विद्यार्थी, महिला, किसान, देवसंस्कृति विश्वविद्यालयका छात्रा सहितका सहभागिता रहेका छन ।
गायत्री परिवार जननी पूज्य गुरुदेव नेपालका प्रथम शिष्य स्व ओम प्रकाश सिंह यादव (सुरदासजी) को जन्म तथा कर्मभूमि कपटौल गाउँमा बाट समाज रुपान्तरण नया अभियान को शुरुवातको शंखनाद भएको छ ।