https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजन चाैधरी
गाैशाला, पुस ३ गते ।
एसियाली किसान संगठनको सहयोगमा २ दिने माध्यमिक योजना कार्यशाला गोष्ठी सम्पन्न गरिएको थियो ।

एसिया प्रशान्त किसान कार्यक्रम र एसियाका लागि किसान संगठन कार्यक्रम अन्तर्गत नेपाल भरि कृषि उद्योग संचालन गरि यस कार्यक्रमबाट सहयोग प्राप्त —१६ संघ तथा कृषि सहकारी संस्थाको सहभागीतामा २ दिने माध्यमिक योजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

पुस १ र २ गतेको कार्यक्रममा APFP सहयोग प्राप्त भएका उद्योग सञ्चालन संलग्न गरेका १३ वटा साना किसान कृषि सहकारी संस्था, २ वटा समान प्रकृतिका कृषि सहकारी संस्था र केन्द्रीय चिया सहकारी संघ गरी ४० जनाको उपस्थिति रहेको थियाे । विशेषगरी कार्यक्रममा हाल उद्योग सञ्चालन गरिरहेका संस्थाहरूको स्थितिको मूल्याङ्कन सबल पक्ष, कमजोरी, अवसर तथा चुनौतीहरु पहिचान गरि थप व्यवसायिकरणका टेवा पुग्ने गरि विभिन्न संस्थाका विज्ञ प्रतिनीधि बिच अन्तरक्रिया सम्पन्न भएको छ ।

हालको अवस्थामा संस्थाहरुले उद्योग संचालनका दौरान सामना गर्नुपर्ने समस्याहरु सरोकारबाला निकायसँग प्रस्तुत गरि छलफल सम्पन्न भएको छ ।

केन्द्रीय संघको अध्यक्ष श्री खेम बहादुर पाठकको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा कृषि उद्यम केन्द्र का डि. बी बस्नेत , दक्षिण तथा मध्य एसियाका अपरेसन म्यानेजर आमिरुल ईस्लाम, सोही संस्थाका व्यापार विकास अधिकारी -BDO लियो मेन्डोजा, केन्द्रीय संघको कोषाध्यक्ष गीता के सी, लेखा समिति संयोजक महेश्वर सुवेदी, नि. महाप्रबन्धक मीना पोख्रेल, कार्यक्रम प्रबन्धक दिपाकर रुपाखेती र अन्य कर्मचारीको पनि सहभागीता रहेको थियो ।

कार्यक्रमको संचालन गर्ने दौरानमा AFA का BDO लियो मेण्डोजाले संसार भरिका व्यवसायिकरण तथा मुल्य श्रृंखला विकासका विभिन्न नमूना मोडेलहरु प्रस्तुत गर्नुभएको थियो । यसका साथै IFAD द्वारा प्रकाशित मूल्यांकन ढाँचा प्रयोग गरि मुल्यांकन भएका ६ वटा संस्थाहरुको सबल पक्ष तथा कमजोरीहरुको प्रस्तुती पनि भएको थियो ।

यसै गरि प्यानलिष्टबाट सहभागीको तर्फबाट उठेका प्रश्न तथा जिज्ञासाहरुमा अन्तरक्रिया भएको थियो । विषय विज्ञहरुमा साना किसाना विकास लघु वित्त वित्तिय संस्थाका अध्यक्ष खेम बहादुर पाठक, कृषि तथा पशु पन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागका उप महाप्रबन्धक राजेन्द्र काेईराला, कृषि उद्यम केन्द्र नि. कार्यकारी अधिकृत दिपेन्द्र कुमार जोशी, नेपाल उदधाटन गरिएको थियो बाराकाे राजन चौघरी पत्रकार मौलापुर एफ एम लाई जनकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट