https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
 गाैशाला, पुस ४ गते ।
महाेत्तरीकाे गाैशाला १२ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे १० औं वार्षिक सधारणसभा सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रम गरि गाैशाला नगरपालिका १२ स्थित कान्तिबजारमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १० औं वार्षिक सधारणसभा सम्पन्न हाे ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद लक्ष्मी महताेले
कार्यक्रमलाई सम्बाेधन गर्दै नगरभित्र रहेका सहकारीहरुले साना किसान कृषि सहकारी संस्था लिमिटेडसँग उत्पादन मुखी रहित कामहरू गर्न सिक्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले साना किसान कृषि सहकारी संस्थाले एकदम राम्रो काम गरिरहेको भनेर प्रशंसा गर्नुका साथै धन्यवाद समेत दिएका थिए । साथै संस्थाकाे भवन निर्माणकाे लागि नगरपालिकाबाट हिउँदे अधिवेशनबाट बजेट विनियोजन गराई छिट्टै शिलान्यास गर्ने समेत प्रतिबद्धता गर्नुभयो ।

मिति २०७८ असाेज २१ गतेदेखि यस सहकारी संस्था लिमिटेडद्वारा गाैशाला नगरपालिका वडा नम्बर ५ स्थित गाैशाला बजारमा सेवा केन्द्र समेत संचालन ल्याए सकेको सहकारीका अध्यक्ष: हरिहर सिंहले बताए । शेयरधनीहरुकाे माग अनुसार नै गाैशाला बजारमा सेवा केन्द्र सुचारु गरेको अध्यक्ष : सिंहले जनाउनुभयाे ।

सहकारी २०७३ बैशाख ३ गतेदेखि कान्तिबजारमा ३१ जना सदस्य गठन गरि ७ लाख ७५ हजार शेयर पुजीबाट सुचारु भएका संस्थामा अहिले १ हजार ३ सय ८५ जना शेयर सदस्य भए, जम्मा शेयर पुजी १ करोड ५४ लाख ५८ हजार ६ सय, बचत ५ करोड ३४ लाख ९६ हजार ७९ रुपैया र ऋण लगानी ६ करोड १२ लाख ५८ हजार ४ सय ४० रुपैयाँ गरि, यस आ.व.२०८१ असार मसान्तसम्म १४ लाख ६ हजार ३ सय ७५ रुपैयाँ नाफा भएको र संस्थामा १० करोड १८ लाख ५१ हजार ६ सय ९९ रुपैयाँ बराबरको काराेबार भएको संस्थाका प्रबन्धक राम दयाल महताेले जनाए । शेयर सदस्यहरुकाे विशेष लगानीमा सहकारी मार्फत संचालनमा रहेको डेरी उधाेगलाई थप व्यवस्थित गर्ने योजना रहेको प्रबन्धक महताेले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार