https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

प्रमोद शर्मा
धनुषा, पुस ४ गते ।
धनुषाको सबैला नगरपालिका वडा नं. १३, किरतपुरमा “Youth Discourse Series” अन्तर्गत बैदेशिक रोजगार र युवा पलायनका सामाजिक मुद्दामा केन्द्रित प्यानल छलफल सानदार तरिकाले सम्पन्न भएको छ। सेफ नेपाल र सबैला युवा संजालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न विषय विज्ञ र स्थानीय प्रतिनिधिहरूले आफ्ना विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सबैला नगरपालिकाका मेयर कारिराम यादव, उपमेयर रहिमा खातुन, वडा अध्यक्ष देवनारायण महतो, समाजसेवी विनोद पाल, प्र.अ रामशंकर यादव, विदेशबाट फर्किएका युवा कोशल यादव र Migration क्षेत्रमा लामो अनुभव भएका रामप्रमेश मण्डल प्यानलिस्टका रूपमा सहभागी थिए । कार्यक्रमको सञ्चालन र प्रश्नकर्ताको भूमिका सबैला युवा संजालका अध्यक्ष तथा पत्रकार प्रमोद शर्माले निर्वाह गरे ।

कार्यक्रममा सेफ नेपालको संयोजक तथा मानव अधिकारकर्मी बिनोद महरा स्थानीय युवा, समाजसेवी र समुदायका विभिन्न तहका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो । सहभागीहरूले वैदेशिक रोजगारीका सकारात्मक र नकारात्मक पक्ष, युवा पलायनको असर र समाधानका उपायहरूबारे गहन छलफल गरेका थिए ।

सबैला युवा संजालका उपाध्यक्ष सर्वजीत यादव, सचिव अमृता राय, संजालका सक्रिय सदस्यहरू महेश ठाकुर, अमृत राउत लगायतका कार्यक्रम व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेले ।

यस प्यानल छलफलले वैदेशिक रोजगार र युवा पलायनको विषयमा जनचेतना अभिवृद्धि गर्न र समाधानका सम्भावित उपायहरू खोज्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । कार्यक्रमका लागि आयोजक र सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा यस्ता गतिविधि निरन्तरता दिनुपर्ने सहभागीहरूले जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट