https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, पुस ६ गते ।
बारा जिल्ला स्थित प्रसौनी गाउपालिकाले आफ्ना नगर प्रहरी जवानहरुलाई आधारभुट तालिम दिन सुरु गरेको छ ।हिजोबाट सुरु भएको १५ दिने तालिम पुष १८ गते सकिने जनाइएको छ ।

तालिममा स्थानीय सरकारमा नगर प्रहरीको भूमिका, काम कर्तव्य र अधिकार, निर्णय कार्यान्वयनका कानुनी, प्रशासनिक तथा प्राविधिक पक्षलगायत विषयमा आधारभूत ज्ञान दिने प्रसौनी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमित रौनियारले जानकारी गराएका छन । ‘ 

नगर प्रहरीलाई तालिम दिने विषयमा इलाका प्रहरी कार्यालय प्रसौनि बाराका प्रमुख प्रहरी निरीक्षक सुरेश राज भट्टका अनुसार नगर प्रहरीलाई जनसम्पर्क तथा सूचना संकलन, प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणलगायतका विषयमा पनि तालिम दिइने बताए ।

त्यस्तै नगर प्रहरीले फुटपाथको व्यवस्थापन, ट्राफिक तथा ई–रिक्साको व्यवस्थापन, हाटबजार व्यवस्थापन, अग्नि नियन्त्रण, सरसफाई तथा फोहर व्यवस्थापन, बजार अनुगमन गर्ने र न्यायिक समितिको निर्णय कार्यान्वयनमा सघाउ पुर्याउने गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार