
पवन प्रसाद साह
बिरगंज, पुस ६ गते ।
पर्सा जिल्लाको विन्दवासनी गाउँपालिका वडा नं २ गर्दौलमा लायन्स इन्टरनेशनल डिस्ट्रीक ३२५ S को आयोजनामा एंव रामजानकी युवा क्लबको सहयोगमा शनिबार एकदिने निशुल्क आँखा परिक्षण शिविर एंव स्वास्थ्य चेकजाँच सम्पन्न भएको छ ।
विन्दवासिनी गाउँपालिका वडा नं.२ गर्दौल स्थीत श्री भगवती नेपाल राष्ट्रिय बागडमैना यादव विध्यालयमा सम्पन्न शिविरमा ४१२ जनाले आखाँ जाँच गराएका छन् । आखाँ जाँच गराउने मध्ये ९२ जनामा मोतियाविन्दु फेला परेको क्लबका अध्यक्ष रंजय कुमार यादवले बताए। साथै स्वास्थ्य चेकजाँचमा महिला, बालबालिका, पुरुष गरि २०५ जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो ।
यो शिविरमा विनदवासनी गाउँपालिकाका पुरै वडा बाट तथा गाउँपालिका आसपास पोखरीया, बिश्रामपुर,बैरीया बिर्ता लगायत अनाय गाउँहरूबाट आँखाका रोगीहरुको सहभागिता रहेको थियो ।
अस्पतालका प्राविधिक टोली डा.कृती अग्रवाल,डा संजय अगरवाल,डा.विरेन्द्र प्रधान,डा.राज भट्ट,डा खेतानले आँखा परिक्षण तथा स्वास्थ्य चेकजाँच गरेका थिए ।
मोतिया विन्दुका विरामीहरुलाई भोलि बिहान ८ बजे मैत्रिका आई फाउण्डेसन बिरगञ्जमा अप्रेसन गरिने क्लबका अध्यक्ष रंजय कुमार यादवले बताए ।