
पवन प्रसाद साह
बिरगंज, पुस ७ गते ।
पर्साकाे बिरगन्जका मेडिकल ल्याबका स्वास्थ्यकर्मीहरुले नेपाल सरकारले तोकेको परिश्रमिकको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल तथा वीरगन्ज महानगरपालिकका नगर प्रमुख राजेशमान सिंह लाई छुटाछुटै ज्ञापनपत्र बुझाए बझाएका छन ।
मेडिकल कलेज र स्वास्थ्य संस्थाहरुबाट नर्सिंग तथा अन्य
स्वास्थ्यकर्मीहरुको पारिश्रमिक लगायतका सुविधामा अन्याय भएकोले सो को समाधानका लागी नेपाल सरकारको सचिव स्तरिय बैठकको मिति २०८१।८।२७ को निर्णय अनुसार
गर्न गराउनु भनि सम्पुर्ण मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाहरुलाई पत्राचार भएको कुरालाई अवगत गराउदै नेपाल सरकारले दिएको निर्देशन समेतको अवज्ञा गर्दै विभिन्न निजी स्वास्थ्य संस्थाहरुले सो निर्देशनको पालना नगरेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सो पत्रको कार्यान्वयको माग गर्दै मेडिकल ल्याबका स्वास्थ्यकर्मीहरु कृष्णा निरालाको नेतृत्वमा १०५ जनाको संयुक्त हस्ताक्षर सहित जिल्ला प्रशासन कार्यालयस पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल तथा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह लाई छुटाछुटै ज्ञापनपत्र बुझाएका छन ।
साथै नेपाल सरकारले दिएको निर्देशनको मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाहरु पालना नगरे आन्दोलन गर्न बाध्य हुने अवस्थाको सृजना भईरहेकोले सो हाम्रो मागहरु पुरा गर्न गराउने
कार्यमा आवश्यक निर्देशन सहित आवश्यक सहयोगको लागी स्वास्थ्य मन्त्रालयको सो पत्रको फोटोकपी यसै साथ संलग्न राखी
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल तथा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह लाई छुटाछुटै ज्ञापनपत्र बुझाएका छन ।