https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, पुस ८ गते ।
मधेश प्रदेश सांसद सहिदा खातुन र उनको परिवारमाथि गोलबजार–१३ दुर्गापुरमा एमाले र माओवादी कार्यकर्ताहरूले संघातिक हमला गरेका छन् । जसपा नेपालका नगर अध्यक्ष हरिनारायण यादवका अनुसार, दुर्गा पूजा क्रममा भएको झगडाका कारण फरार रहेका एमाले र माओवादी कार्यकर्ताका अभिभावकहरु सांसद खातुनसँग कुरा गर्न आएका थिए । तर, अचानक एकदर्जन एमाले र माउवादीका कार्यकर्ता लाठी र भाटासहित आएर आक्रमण गरेका थिए ।

याे सव याेजना बनाएर सांसद खातुन लगायत परीवारजनलाई कुटपिट गर्ने उदेश्यका साथ आएको आरोप लगाएका छन । सांसद खातुनका अनुसार, उनीसहित उनका श्रीमान्, दाजु भाइ, बुहारी र अन्य परिवारका सदस्यहरू घाइते भएका छन् । घाइतेहरूको गोलबजार स्थित बर्धमान अस्पतालमा उपचार भइरहेको छ भने एकजनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

घटनापछि आक्रोशित गाउँले, नेता कार्यकर्ता र आफन्तले गोलबजार नजिक चार घण्टा हाईवे जाम गर्दै दोषीलाई पक्राउको माग गरेका थिए। प्रहरीद्वारा दुईजनालाई पक्राउ गरीएकाे छ भन्ने चार घण्टाभित्र दोषी सबैलाई नियन्त्रणमा लिने सहमति भएपछि प्रदर्शन अन्त्य भएको छ। हाल घटनास्थलमा स्थिति सामान्य रहेको र घाइतेहरूको उपचार जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट