
पवन प्रसाद साह
बिरगंज, पुस ८ गते ।
बिगत केही समय देखि वीरगन्ज महानगरपालिकाले रोकिराखेको लोककल्याणकारी बिज्ञापनको भुक्तानीको माग गर्दै आज नेपाल पत्रकार महासंघ पर्साको पदाधिकारीले बिरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण लाई पत्र बुझाएका छन ।
त्यस्तै सप्ताहिक पत्रिक लाई लोककल्याणकारी बिज्ञापन बाट वीरगन्ज महानगरपालिकाले वन्चित गरेको कारण स्थानीय पत्रपत्रिका समस्या परेको बताइएको छ । सप्ताहिक पत्रपत्रिका लाई पनि लोककल्याणकारी बिज्ञापन समावेश गराउनु पर्ने माग गरिएको छ ।
वीरगन्ज महानगपालिका आमसंचार सम्बन्धि कानुन ल्याउने नेपाल मै पहिलो पालिका भएपनी यसको कार्यनब्यनमा उदासिनता देखिनु संदेहको विषय बनेको बताइएको छ । त्यस्तै अहिले देखिएको आर्थिक शिथिलताको मारमा आमसन्चार माध्यमहरु परेको अवस्थामा वीरगन्ज महानगरपालिकाले दिदै आएको सहुलियत समेत रोक्का भएपछी थप संकट निम्तिएको छ ।
त्यस्तै जेष्ठ पत्रकारहरुको लागि वीरगन्ज महागनगरपालिकाले स्वयमले छुट्टीयाएको बजेट कार्यनयनमा समेत अबिलम्ब भइरहेकोले यस्लालाई छिटो टुङाउनु पर्ने माग गरिएको छ ।
आज पत्र बुझाउनेमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष निलिमा पौडेल, सचिव बिजय चौहान, सदस्य राहुल गुप्ता अजित भुजेलको उपस्थिति रहेको थियो ।