https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महोत्तरीकाे गाैशालामा स्यालको टाेकाइबाट ६ जना घाइते भएको छ । मंगलबार साँझ गाैशाला नगरपालिका–११ लक्ष्मिनिया सात नम्बर टोलमा स्यालको टोकाइबाट ६ जना घाइते भएकाे हाे । जसमा ४ जना महिला र २ जना पुरुष घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घाइते हुनेहरुमा मती देवी महतो, ललिता शर्मा, लिलम साह, मन माया पाेखरेल, रोशन यादव, रामचन्द्र यादव रहेका छन् । उनीहरू खेतबाट काम गरेर घर फर्किने क्रममा बाटोमा पर्ने जंगल क्षेत्रमा एक्कासी उनिहरुलाई स्यालले आक्रमण गरेर टाेकेको पीडितहरुले बताएका छन् ।

यसअघि नजिकैको जङ्गलबाट गाउँमा बहुलाएको स्याल आएर दर्जन बढी चौपायालाई समेत टोकेको स्थानीय स्थानीयले बताए ।
स्यालको टोकाइबाट घाइते भएकाको प्रादेशिक अस्पताल जनकपुर उपचारको लागि पठाइएको छ । उक्त स्यालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार